पुर्वाग्रही वर्गिकरण खारेज गर्न माग

इलाम : नेपल प्रेस युनियन इलामले प्रेस काउन्सील नेपालले २०७५ साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको बर्गिकरणको नतिजा पुर्वाग्रही भएको भन्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सीना मार्फत संचार तथा सूचना प्रविधि मन्त्रीलाई वर्गिकरण नतिजा खारेजी गर्न माग गरेको छ ।

केहि बाहेक देशभर अधिकासं सञ्चार माध्यमहरु पत्रकारहरुले स्रोत जुटाएर स्थापना गरेको उल्लेख गर्दै युनियनले “पत्रकार आफै सञ्चालक र आफै श्रमिकको रुपमा काम गरेर नागरिकको शूचनाको भाकोलाई साम्य गर्न प्रयासरत रहेको वर्तमान अवस्थामा प्रेस काउन्सील नेपालको नतिजालाई लिएर देशभरबाट श्रमजीवि पत्रकार साथीहरुले गम्भिर असहमति जनाएको अवस्थामा तत्काल निर्णय सच्याइ पारदर्शी र निष्पक्ष ढंगबाट प्रक्रियागत रुपमा नतिजा सार्वजनिक गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौ ।”

नतिजा निकाल्ने क्रममा राजनितिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपाबाद हावी भएको गुनासो आइरहेको युनियनको दावी छ । नियमित रुपमा प्रकाशन भईरहेका पत्रपत्रिकालाई बर्गीकरणमा घटुवा गरि सोही ठाँउमा कहिलेकाँहि प्रकासशित हुने पत्रपत्रिकालाई बढुवा गरिएका सयौ उदहारणहरु बाहिर आइरहेको युनियनले उल्लेख गरेको छ ।

युनियनका अध्यक्ष तोयानाथ भट्टराईको नेतृत्वमा जिल्ला प्रशासन पुगेको पक्रकारहरुको प्रतिनिधि मण्डलले वर्गिकरण नतिजामा काउन्सीलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले एकलौटी रुपमा सुचना, सञ्चार तथा प्रबिधि मन्त्रालयमा बुझाइ सार्वजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा लिएको जनाएको छ । ज्ञापन पत्र बुझाउँदै अध्यक्ष भट्टराईले पत्रपत्रिका बर्गिकरण पछि दिईने सेवा सुबिधा बितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सीलको बोर्ड सदस्यहरुलाई यो पूर्वाग्रहले भरिएको नतिजा खारेज गरि पुनरावलोकन गर्न माग गरे । प्रमुख जिल्ला अधिकारी तिमल्सीनाले ज्ञापन पत्र तत्काल मन्त्रालयमा पठाउने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार