सुनसरीमा बेग्लाबेग्लै दुर्घटनामा ४ जना घाइते

नयाँ बुलन्द

सुनसरी : सुनसरीको बेग्लाबेग्लै स्थानमा साउन सोमबार साँझ भएको सवारी दुर्घटनमा ४ जना व्यक्ति घाइते भएका छन् ।

ईटहरी उपमहानगरपालिका-२० स्थित तरहरामा सोमबार साँझ ६ बजे एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । धरानबाट ईटहरीतर्फ आउँदै गरेको को २१ प  ४७७० को मोटरसाइकललाई विपरित दिशाबाट जादै गरेको ज १ च १७२० नम्बरको एम्बुलेन्सले  ठक्कर दिदा धरान उमहानगरपालिका-७ का ३७ वर्षीय जहरमान घिसिङ र पछाडि सवार उनका १९ वर्षीया छोरी सष्मा घिसिङ घाइते भएका छन् ।

घाइते बाबु छोरीलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ भने एम्बुलेन्सका चालक प्रहरी चौकी ईटहरीको नियन्त्रणमा रहेका छन् ।

यसैगरी ईनरुवा नगरपालिका-४ पूर्व पश्चिम राजमार्गको सुनसरी खोला पुलमा साँझ ७ बजे को ५ प ६२१९ नम्बरको मोटरसाइकल बाटोमा हिडिरहेको चौपायासंग ठोक्किदा मोटरसाइकल चालक सुनसरी जिल्ला भोक्राहा गाउँपालिका-५ का ४० वर्षीय महिर मियाँ घाईते भएका छन् । घाइतेलाई जिल्ला अस्पताल ईनरुवा पुर्‍याई उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यसैगरी ईटहरी उपमहानगरपालिका-६ स्थित खेती खोला स्थित पूर्व पश्चिम राजमार्गमा राती ११ बजे मोटरसाइकलले ठक्कर दिदा १ जना प्रहरी जवान घाइते भएका छन् । को ९ प ७७२ नम्बरको मोटरसाइकलको ठक्करबाट इलाका प्रहरी कार्यालय ईटहरीमा कार्यरत प्रहरी जवान नगेन्द्र बोगटी घाइते भएका हुन् ।

बोगटीलाई ईटहरीबाट पश्चिमतर्फ जादै गरेको घाइते बोगटीको ईटहरीस्थित एपेक्स अस्पतालमा उपचार गराईएको छ भने मोटरसाइकल चालक सुनसरी ईटहरी उमहानगरपालिका-५ बस्ने राजन श्रेष्ठ इलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार