नेपाल कम्युनिष्ट पार्टीको बन्दले जनजीवन प्रभावित

नयाँ बुलन्द

इलाम : नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दले इलाम सहित देशभरको जनजीवन प्रभावित भएको छ ।

विहानैदेखि इलाममा गाडि तथा सवारी साधन चलेका छैनन् । कलेज तथा स्कूलहरु बन्द छन् । बजार तथा पसलहरु भने आंशिक रुपमा खोलिएका छन् । बन्दको समयमा हुने अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको बाक्लो उपस्थिती देखिन्छ ।

गत मंगलबार सरकारले पूर्व मन्त्री तथा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउ गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार