गुणस्तरहीन घ्यू उत्पादनका कारण मुल्यमा गिरावट

लोकेन थेवे

माईजोगमाई : इलाम माइजोगमाई गाउँपालिकाका डेरि सन्चालकले राम्रो प्रशोधन नगरी व्यापारीलाई दिएको कारण घ्यूको भाउमा गिरावट आएको छ ।

यसरी गुणस्तरहीन घ्यू दिएकोले धेरै व्यापारीको गोदाममा घ्यू कुहिएर दुर्गन्ध हुन थालेको हो । जसका कारण स्थानीय दूध उत्पादक कृषको घ्यूले बजार पाउन समेत छोडेको छ ।

माईजोगमाइका ८० प्रतिशत कृषकले दूध उत्पादनको लागि केही वर्षदेखि उन्‍नत जातका गाई भैंसी मँहगो मुल्यमा किनेर पालेका हुन् । मध्य वर्खामा यसरी घ्यूले बजार पाउन छोडेसँगै दूध पनि बिक्री नहुने की भन्ने चिन्ताले दूध उत्पादक कृषकहरुलाई पिरोल्न थालेको छ ।

अहिले दुधको मुल्य प्रतिलिटर ३५ देखि ४० रुपैयाँमा डेरि सन्चालकले दिेने गरेको छ । त्यस्तै एक छ्टाङ कृम बराबरको ४५ देखि  ५० रुपैयाँसम्म दिदैं आएको छ । माईजोगमाईको डेरिमा उत्पादित घ्यूको बजार छिमेकी देश भारत भएकोले भारतीय व्यापारीले घ्यू नलिए अन्य बिकल्प नभएको माइजोगमाईका ३ बर्षदेखि डेरि सन्चालक गर्दै आएका केसव थापा बताउँछ्न् । उनका भनाइअनुसार भारतीय मानेभन्ज्याङमा घ्यू गोदाममा नै कुहिन थेलेकाले पनि बजार पाउन छोडेको हो । भारतीय बजारमा प्रतिकेजी १ सय भारुमा नै घ्यू बिक्‍न मुस्किल रहेको घ्यू व्यापारीहरु बताउँछ्न् ।

व्यापारीहरुले अधिक नाफा कमाउन घ्यूमा सोडा र डाल्डा मिसाएर बेच्‍ने गरेका कारण पनि यो अवस्था आएको नाम नबताउने सर्तमा एक ब्यापरी बताउँछन् । यसरी घ्यूको बजारमा गिरावट आएसँगै दूध बेचेरै घर खर्च टार्दै आएका कृषक यो व्यवसायदेखि खिन्न छन् । केही समय अगाडी डेरि सन्चालले बेचेको डग छुर्पीमा स्टिल जुट भेटिएकाले छुर्पी नै बिक्न छोडेपछि केही महिना डेरिले दूध लिन गाह्रो मानेको थियो ।

केही वर्षदेखि बिदेशबाट फर्केका युवाहरुले गाउँगाउँमा डेरि सन्चान गर्न थालेकोले दुधको मूल्य आएको थियो । पहिले प्रतिलिटर १० रुपैयाँ मात्र रहेको र डेरि थपिन थालेसँगै दुधले राम्रो बजार पाउन थालेको हो । अहिले प्रत्येक घरमा २ देखि ५ माउ दुहुनो गाई भैंसी देख्न सकिन्छ ।

माइजोगमाईका प्रेमसागर काफ्लेले ८ माउ दुहुनो गाई पालेर आफै डेरि राखेर घ्यू छुर्पी उत्पादन गर्छन् । तर बजार खस्केका कारण उनी अहिले के गर्ने भन्‍ने दोधारमा छन् । उनी जस्तै अन्य डेरि संचालकहरुले कृषकको दूध लिइरहेको तर घ्यू नबिकेकोले धेरैको दुधको पैसा दिन सकेको छैन । दूध किसानहरु दूध फ्याक्‍न भन्दा ढिलै भएपनि पैसा पाउने आसमा दूध दिइरहेका छ्न् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार