बिजुलीको मिटर नपाएको गुनासो

गोविन्द पौडेल

रोङ : सरकारले बंगलादेशलाई बिजुली बेच्ने सम्मको तैयारी गरिरहँदा इलामको नागरिकहरुले भने बर्ष दिन कुर्दापनि बिजुलीको मिटर पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।

गाउँमा बिजुली बिस्तार भएको भएपपनि कतिपय अवस्थामा व्द्यिुत जडान नभएको र हालसम्म छिमेकीको सहयोगमा बिजुली बाल्दै गरेका नागरिकहरुले आफ्नै नाममा मिटर जडानको लागि झण्डै बर्ष दिन अघि नै आबेदन गरेको भएपनि हालसम्म मिटर पाउन नसकेको रोङ ६ का डोर बहादुर पौडेलले बताए । तर कतिपय अवस्थामा भने चर्को मुल्य दिएमा तत्कालै मिटर पाएको समेत देखिएको छ ।

यस बारेमा विद्युत प्राधिकरण फिक्कलमा जानकारी लिँदा असार क्लोजिङको महिना भएकोले मिटर नआएको र आउन साथ वितरण गरिने बताइएपनि वर्ष दिन अघिनै दिएको आवेदनको बारेमा भने अनभिज्ञता रहेको एक कर्मचारीले बताए ।

सामान्यतय जिल्लाको आएको मिटर ग्राहककोे मागको आधारमा दिने गरेको र यसको दुरुपयोग हुन नदिने बिद्युत प्राधिकरण फिक्कल श्रोतको भनाइ रहेको छ । तर चर्को मुल्य लिएर सेडिङ्गमा मिटर बेच्ने प्रकृया नरोकिएमा सोझा सिदा ग्राहकहरुले नियमानुसार मिटर पाउन नसक्ने हुँदा यस बारेमा जनप्रतिनिधिहरुको समेत ध्यान जान जरुरी देखिएको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार