विद्यार्थी बोकेको बस दुर्घटना, १४ विद्यार्थी घाइते

इलाम  ः इलाममा आज विहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते भएका छन् । इलाम नगरपालिका वडा नम्वर १ मा पर्ने मेची राजमार्गमा विपरित दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा दुर्घटना हुँदा १४ विद्यार्थी घाइते भएका हुन् ।

स्थानिय आशादिप बोर्डिङ स्कुलको मे १ ख १९५५ न।को बस राँके वजारबाट विद्यार्थी लिएर विद्यालय  तर्फ आउँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामका हवल्दार विजय राइले जानकारी दिनुभयो ।

बस सडकबाट करिव २० मिटर तल खसेको वताइएको छ । तीन जना विद्यार्थीको इलाम अस्पतालमा नै उपचार सम्भव हुने भएपनि अन्य ११ जना विद्यार्थीलाई थप उपचारका लागि झापा तर्फ लगिएको छ । उनीहरुको टाउँको, जिउ र खुट्टामा चोट लागेको वताइएको छ ।

चालकलाई स्थानिय रक्से प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार