बजाजले ल्यायो पल्सर १५० ट्‍विन डिस्कको नयाँ मोडल

नयाँ बुलन्द

इलाम : बजाज कम्पनिले पल्सर १५० ट्विन डिस्कको नयाँ मोडेलको मोटरसाइकल बजारमा ल्याएको छ ।

कम्पनिको आधिकारिक सागर एण्ड ब्रदर्श ट्रेडलिङ्क इलामले शुक्रबार नयाँ मोडलको मोटर साईकल लन्च गरेको हो । ट्रेडलिङ्कले पत्रकार सम्मेलनको आयोजना गरि पल्सर १५० ट्विन डिस्कको नयाँ मोडेलको मोटरसाइकल लन्च गरेको हो ।

नयाँ पल्सर मोटरसाइकल प्रविधि र डिजाइनलाई त्यसरी नै पून परिमार्जन गरिने जनाइएको छ ।

पल्सर बाइक मोडलहरु लन्च भएदे्खि नै आफ्नो आभुनिक एवम् पृथक डिजाइन र उत्कृष्ठ पर्फमेन्सको लागि परिचित छन् ।  कम्पनीको रणनीति बारे चर्चा गर्दै सागर एण्ड ब्रदर्श ट्रेडलिङ्क इलामका प्रापाइटर जनकराज खड्काले भने, ‘यसमा रहेको १५० सीसी डिटीएस इन्जिनले दिने १४ पीएस पावरले ग्राहकको दैनिक जीवनमा रोमान्चक एवम् आरामदायी सुनिश्चितता प्रदान गर्दछ ।’

सीमित अवधिका लागि सो बाइकको मुल्य २ लाख ५५ हजार ९०० कायम गरिएको कम्पनिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार