प्रदेश १ काे नाम ‘किरात प्रदेश’ : अर्थमन्त्री अाङ्बाे

विराटनगर : प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बाे (मौसम) ले प्रदेश १ को नाम किरात प्रदेश रहने बताएका छन् ।

माेरङकाे बेलबारीमा अाज (शनिबार) विश्व अादिवासी दिवसकाे अवसरमा अायाेजित शुभकामना कार्यक्रममा उनले सर्वसम्मत रूपमै प्रदेशकाे नाम किरात राखिने बताएका हुन् । प्रदेश नं १ काे नाम किरात राख्दा प्रदेश नं १ का सबै जनताकाे इतिहास, सभ्यता र संस्कृतिकाे सम्मान हुने भएकाेले किरात प्रदेश नाम राखिने उनले बताएका हुन् ।

उनले भने, ‘सबैको  समझदारीमा नै किराँत प्रदेश नामकरण हुन्छ’, उनले भने, ‘जनजातिले संविधालने दिएको अधिकारलाई संस्थागत गर्न लाग्नुपर्छ।’ मन्त्री आङ्बोले प्रदेशको विकास र समृद्धिको लागि पहिचानलाई सम्बोधन गरे मात्र सहज हुने स्पष्ट गरे।

‘पल्लो किराँत, माझ किराँत र वल्लो किराँत पुरानो किरातकालीन राज्य नै हो। पृथ्वीनारायण साहले नेपाल एकीकरण गरेपछि पल्लो, वल्लो, माझ किराँत भनेर नै स्वीकार गरेका थिए’, उनले भने, ‘किरातकालीन सभ्यता प्राचीन सभ्यता हो। किराँत नितान्त जातीय नाम होइन। यो प्राचीन सभ्यता र संस्कृति पनि हो।’

उनले पछिल्ला केही घटनालाई जोडेर विभिन्न कोणबाट देशलाई साप्रदायिक  झमेलामा फसाउने असफल प्रयास भइ रहेको प्रति सचेत रहन आग्रह गरे।

‘तीन तहको सरकारका कारण दोहोरो करको मार पर्‍यो भन्ने भ्रममा नपर्नु होला। यस्तो भ्रम छरिएको छ। तर करको दायारा बढाइएको हो। दर कतै पनि बढाइएको छैन’, आङ्बोले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार