पोखरीमा डुबेर एकको मृत्यु

रौतहट : रौतहटको गौर नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौर नगरपालिका वडा नम्बर ८ का २७ वर्षीय जितेन्द्र  महतो रहेका छन् ।

उनी साँझ ६ बजे वडा नम्बर ५ को सरकारी वकिल कार्यालय अगाडी रहेको पोखरीमा पानी हेर्ने क्रममा चिप्लिएर पोखरीमा डुबेका थिए ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहायक प्रवक्ता प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार