अवैध काठ बरामद

नयाँ बुलन्द

लाम : इलामको रोङ गाउँपालिका वडा नम्बर १ बरफल्याङस्थित सामुदायिक वनबाट प्रहरीले सखुवाको काठ सहित रुख काट्ने औजार नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो स्थानीय सामुदायिक वनबाट ४ थान सखुवाको टुना (मुढा), तथा रुख काट्ने आरा-१ थान, आरामा लाग्ने ब्लेड-१ थान र खुकुरी-१ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

बिना अनुमनि रुख काट्ने काम हुँदैछ भन्ने विशेष सुचनाका आधारमा अस्थायी प्रहरी बिट बरफल्याङबाट खटिएको टोली सामुदायिक वन पुगेको थियो । रुख काट्ने समुह प्रहरीलाई देख्नासाथ फरार भएकाले प्रहरीबाट खोजतलाश भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार