चिया अनुगमनले पायो तीब्रता

गोपाल गिरी 

सूर्योदय : सूर्योदय नगरपालिकाको निर्देशनमा चिया अनुगमन गर्न गठित चिया अनुगमन समितिले वडा नबर ६ मा अनुगमन कार्य शुरु गरेको छ ।

समितिले वडामा रहेको विभिन्न चिया कारखानाहरु तारगाउँ चिया कारखाना, देउराली चिया उद्योग र नरसिंह चिया कारखानामा अनुगमन गरेको छ ।

नगरले विषादीमुक्त नगरको अवधारणा ल्याएसँगै वडामा रहेको विषादी पसलहरुको पनि अनुगमन गरेको छ । अनुगमनको लागि वडा सदस्य बीरबहादुर भूजेलको अध्यक्षतामा पाँच सदस्यीय अनुगमन समिति गठन गरेको छ ।  जसमा दिपक तिवारी, वडा सदस्य देउकुमार राई, वडा सदस्य टीकादेवी पोख्रेल तथा उमाकान्त गजुरेल सदस्य रहेको छन् ।

अनुगमनबाट प्राप्त रिपोर्टलाई केही दिनमै किसानहरु माझ बसेर बृहत् छलफल गरि अगाडि जाने समिति सदस्य दिपक तिवारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार