मोटरसाइकलको ठक्करबाट जनता टेलिभिजनका पत्रकार घाइते

इलाम : इलाम सदरमुकाममा मोटरसाइकलको ठक्करवाट सन्दकपुर दैनिक तथा जनता टेलिभिजन इलाम जिल्ला सम्बाददातामा कार्यरत पत्रकार भगिरथ भण्डारी घाइते भएका छन् ।
सदरमुकामस्थित चियाबारी एफएफ अगाडी उनलाई मे ९ प ७४८४ नम्बरको मोटर साइकलले ठक्कर दिएको थियो । घाइते भण्डारीलाई इलाममा उपचार सम्भव नभए पछी थप उपचारका  लागि झापातर्फ लगिएको छ ।
मोटरसाइकल चालक प्रकाश श्रेष्ठ लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घाइते भण्डारीको खुट्टा र टाउकोमा चोट छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार