फिदिम १० स्थित खलंगटार माविको छात्रावास मर्मत सम्भार कार्य सम्पन्न

पाँचथर : पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १० मा अवस्थित खलंगटार माविको छात्रावासको मर्मत सम्भार गरिएको छ ।

यसअघि आएको भुकम्पले क्षतिग्रस्त बनाएको छात्रावासको मर्मत सम्भार कार्य सकिएको विद्यालय ब्यवस्थापन समिती अध्यक्ष तथा वडा नम्बर १० का वडाअध्यक्ष विरहाङमा थाम्सुहाङले बताउनुभयो ।

समाजसेवी तथा नेपाली काग्रेस पाँचथरका सचिव रुपनारायण जवेगुको विशेष पहलमा कन्सल्टेन्सी विभाग बाट २६ लाख ५० हजार रुपैयाको लागतमा छात्रावासको मर्मत गरिएको विद्यालयका प्रअ राम बहादुर जवेगुले बताउनुभयो ।
छात्रावासको मर्मत पश्चात त्यहाँ वस्ने विद्यार्थी तथा शिक्षकहरु लाई समेत सहज भएको विद्यालयका सहायक प्रअ रोशन जवेगुले बताउनुभयो ।

करिव डेण महिना अघि बाट शुरु भएको मर्मत सम्भार कार्य हालै सम्पन्न भएको हो ।
विगतमा पाँचथरको साविक लुङरुपा,नाँगिन,याङनाम,मेमेङ,सिदिन,प्राङबुङ लगायत गाविसका छात्रछात्राहरु यस छात्रावासमा वस्ने गर्दथे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार