रोङको सबै वडामा कृतिम गर्भाधानको सेवा

गोविन्द पौडेल

रोङ : रोङ गाउँपालिकाले सबै वडामा कृतिम गर्भाधानको सेवा बिस्तार गर्ने भएको छ ।

हालसम्म वडा नम्बर ६ मा प्राविधिकको अभावमा यो सेवा सन्चालनमा नआएपनि यस वर्षदेखि ६ नम्बर वडामा समेत यो सेवा सन्चालनमा आउने भएको छ ।

गाउँपालिकाको क्षेत्रभित्र सरकारी क्षेत्रका ३ जना र निजीबाट ३ जना गरि जम्मा ६ जनाले कृतिम गर्भाधानको सेवा प्रदान गर्ने प्राविधिक रहेका छन् ।

गाउँपालिकाले आवस्यक जनशक्ति व्यवस्था मिलाएकाले सेवा गाउँपालिका भरी नै विस्तार हुन लागेको पशुसेवा साखा प्रमुख मिङमा रिन्जी सेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार