इन्धनमा प्रतिलिटर ५० पैसा कर लिन थालेसँगै भाडा बढेको गुनासो

नयाँ बुलन्द

इलाम : इलाम नगरपालिकाले डिजेल र पेट्रोल प्रयोग गरेबापत प्रतिलिटर ५० पैसा कर लिन सुरु गरेसँगै सवारी साधनको भाडामा समेत वृद्धि भएको छ ।

नगरपालिकाले गत १५ साउनबाट कर असुल्न सुरु गरेसँगै त्यस्को मारमा स्थानीय उपभोक्ता परेका छन् । ईलाम नगरका मात्र होइन, समग्र जिल्लाका लामो तथा छोटो दुरीका यात्रुबाहक सवारी साधनको भाडा बढेको गुनासो आउन थालेको छ । कर आसुल्न थालेको साता बित्‍न नपाउँदै यात्रुबाहक सवारीमा मात्र होइन मालबाहक गाडीमा समेत भाडा वृद्धि भएको छ । त्यसको असर दैनिक उपभोग्य समानमा देखिन थालेको छ ।

तर यता इलाम नगरपालिकाले भने लागू गरेको पेट्रोल डिजेलको प्रदुषण शुल्क नहट्ने बाताएको छ । नगर प्रमुख महेश बस्नेतले संविधान कानुनअनुसार प्रदुषण शुल्क लिन थालिएकाले उक्त शुल्क नहट्ने प्रष्ट पारे ।  पछिल्लोपटक नगरपालिकाले नेपाल आयल निगमलाई पत्र लेखेर त्यस्तो कर लिइने जनाएको थियो ।

इलाम नगरपालिकाको आर्थिक व्यवस्थापन ऐन, २०७५ मा प्रतिलिटर एक रुपैयाँ इन्धनमा कर लिने व्यवस्था गरिएको भएपनि हाललाई ५० पैसा मात्र उठाउने निर्णय गरिएको नगरपालिकाले सार्वजनिक गरेको पत्रमा जनाइएको छ । नगर प्रमुख बस्नेतले भने सवारी साधन मा भाडा कुनै बडाउन आवश्यक नरहेको र जिल्लाको सबै स्थानको भाडा नेपाल सरकारले तोकेबमोजिम नै रहेको र त्यस्मा कुनै सवारी साधनले बढि भाडा लिएको पाईएमा तत्काल कारबाही गर्ने र नगरपालिकाबाट अनुगमनलाई समेत बढाउने बताए ।

तर यसो बताईरहँदा ईलाम नगरपालिकाबाट भने अनुगमन नभईरहेको हो को भन्ने नै देखिएको छ । यस अघि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै नगरपालिका गाँउपालिकालाई बोद्यार्थ दिएर ४ साउन २०७५ मा पत्र लेख्दै डिजेल पेट्रोलमा थप कर नलिन भनेको छ ।

नेपाल आयन निगमले नै उक्त कर लिने भएकाले स्थानीय तहलाई अतिरित्त, कर नलिन भनीएको पत्रमा उल्लेख छ । नगरपालिकाले डिजेल र पेट्रोलमा लिइने शुल्कलाई प्रदूषण नियन्त्रण शुल्क भनेको छ । नगरपालिकाको सचिवालय बैठकले ५० पैसा प्रदूषण नियन्त्रण शुल्क लिने निर्णय गरेको हो । नगरवासीले नगरपालिकालाई कर मात्र बढाउने नभई सुविधा पनि दिन माग गरेका छन् । इलाम नगरपालिकाभित्र बिब्ल्याँटे र इलाम बजारमा गरी दुई पेट्रोल पम्प सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार