पानी ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं : काठमाडौको कीर्तिपुर नगरपालिका ६ स्थित चोभार सिमेन्ट फ्याक्ट्री अगाडि पानी ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

बिहीबार बिहान साढे ८ बजे बा४ख ४५७१ नम्बरको पानी ट्याङ्करले बा८१प ५३७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार कीर्तिपुर नगरपालिका–१ बाघभैरवकी ६५ वर्षीया नानीमैया महर्जनको घटनास्थल मै मृत्यु भएको हो ।

मोटरसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।ठक्कर दिने ट्याङ्करसहित चालकलाई महानगरीय प्रहरी वृत कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार