मानव अधिकार र पत्रकारिता 

मानव अधिकार पत्रकारिताको एउटा महत्वपूर्ण तथा जटिल विषयवस्तु पनि हो । पत्रकारिताको माध्यमबाट मानव अधिकारका सवाललाई संकलन, सप्रेषण  र सार्वजनिक गर्ने कार्य भईरहेको हुन्छ । पत्रकारिताका आफ्नै विश्वव्यापी मान्यताहरु रहेका हुन्छन् । जसलाई स्वच्छ तथा निष्पक्ष समाचार सप्रेषणका आधार स्तम्भका रुपमा लिईनछ । सामान्य समाचार संकलन र सप्रेष्णमा पनि लागु हुने गर्दछ । तथापि मानव अधिकार सम्बन्धि सवालमा यसका विश्वव्यापी मान्यतको अनुशरण र मानवीय मूल्य एवं मान्यताको पालना गर्नु अनिवार्य नै छ ।

स्वतन्त्र र निष्पक्ष समाचार संकलन, सप्रेषण, प्रकाशन वा प्रसारण पत्रकारिताका न्यूनतम आधार हुन् । पत्रकारिताको प्रकृया, सूचना, जानकारी वा समाचारको संकलनबाट प्रभाव हुन्छ र लक्षित वर्गमा त्यसको असर पुग्ने र त्यहाँबाट प्रतिकृया प्राप्त हुने अवस्थासम्म जारि हुने गर्दछ । समाचार सप्रेषणका धेरै प्रकृयाहरु हुने गर्दछन् र संरचनात्मक दृष्टिले पनि यसका अनेक स्वरुपहरु हुन सक्दछन् । जस्तो समाचारलाई बढि भरपर्दाे र तथ्यपरक पार्न समाचार संकलनपछि त्यसको छानविना र प्रमाणिकताको खोजी अनिवार्य छ ।

समाचार लेखनका समयमा शब्द चयन सिलसिलेवार मिलाउने र तथ्यहरु प्रस्तुत गर्ने क्रममा स्वतन्त्रता र निष्पक्षताको अभ्यासलाई सशक्त पनि पारिनु छ । सूचना र जानकारीलाई तोडमोड गरी समाचारको रुपमा प्रयोग गरिएमा त्यसले समाचारको मात्र नभई समाचार प्रकाशन र प्रशारण गर्ने संस्थाको विश्वासनीयता माथि प्रत्यक्ष प्रभाव पार्न पनि सक्दछ । स्वतन्त्र र निष्पक्ष समाचारको अभावमा मानव अधिकारको संरक्षण हुन नसक्ने भएकोले प्रकाशित तथा प्रशारित समाचारमा नागरिकहरुको विश्वाश हुनु पर्दछ । विश्वसनीयता भएमा मात्र समाचार श्रोतहरु सहजै संचारकर्मीहरु समक्ष आई पुग्दछन् र नागरिकहरुका समाचार संकलन गर्न पनि सहयोग पुग्दछ ।

हरेक संचार माध्यमले हरेक समाचार प्रकाशन र प्रशारण गर्दा स्वतन्त्र मानवअधिकारको स्वतन्त्रता, निष्पक्षता र स्वच्छताको नीति अवलम्वन गर्ने गर्दछ र गरिनु आवश्यक पनि पर्दछ । मानव अधिकारको विषय पत्रकारिताका लागि पनि ज्यादै संवेदनशील र गम्भीर प्रकृतिको हुने भएकाले बढि भन्दा बढि सजकता र सर्तकता अपनाउनु आवश्यक छ । मानवअधिकार पत्रकारिता गर्ने संचारकर्मीले पत्रकारिता भित्रका हरेक प्रकृयमा मानवअधिकारका आधारभूत मान्यतामाथि ध्यान दिन आवश्यक छ । मानव अधिकार सम्बन्धि सैद्धान्तिक ज्ञानको अभावमा निष्पक्ष समाचार सप्रेक्षण गर्न सकिदैन नै । स्वतन्त्र तथा निष्पक्ष पत्रकारिताका लागि समाचारका आधारभूत रुपमा कम्तिमा पनि निम्न कुरालाई ध्यान दिन आवश्यक छ । विषय वस्तु नै के हो ? घटान भएको यथार्त तिथिमिति, घटना भएको स्थान, कोसँग सम्बन्धित या संलग्नाता कसको रहेको, किन या के के कारणले भएको  र घटनाको विस्तृत बिवरण थाहा पाउनु जरुरी छ ।

सूचना जानकारिका समयमा निष्पक्षता र स्वतन्त्रताको ख्याल गर्नु पर्दछ र आग्रह, पूर्वाग्रहले समाचारको सत्यता निष्पक्षतालाई समाप्त पनि पारीदिन्छ । सत्यता र निष्पक्षताको  अभावमा विश्वास नै हासिल गर्न सकिदैन र पत्रकारिताको जग विश्वासमा नै अडेको हुनाले पाठक, श्रोता या द्रष्टाको विश्वास गुमाएका दिन त्यो पत्रिकाको पनि अवश्य अन्त्य हुन्छ । अथवा अग्रह वा कुनै एक पक्षको प्रभावमा परेर संकलन गरिएका समाचारमा विश्वसनीयताको संकट सिर्जना हुन सक्दछ र त्यसले संचारमाध्यमले कमाएको छविलाई नराम्रोसँग प्रभावित पनि पार्ने गर्दछ । त्यसैले पत्रकारले कुनै त्रास, डर, धम्की र प्रलोभनमा नपरी स्वतन्त्र र निष्पक्ष भएर समाचार संकलन गर्न आवश्क छ । समाचार संकलनमा मात्र नभई समाचार लेखन, प्रकाशन, सम्प्रेषणका क्रममा समाचारको सान्दर्भिकतालाई  पुष्टि गर्ने श्रोतको खोजी पनि गरिनु आवश्क छ । समाचारका श्रोतहरु निम्न अनुसारका हुन सक्दछन्  भने सामान्य तया घटना, स्थान, व्यक्ति र विषयवस्तुमा निर्भर गर्दछ ।

पहिले नै थाहा हुन सक्ने जस्तो सभा, गोष्ठी लगायतका पूर्व निर्धारित कार्यक्रमहरु, सम्भावित अर्थात विरोध, धरपकड र तोडफोड जस्ता कार्यक्रमहरु, अज्ञात, भूकम्प, आगजनी, बाढि लगायतका दैवीप्रकोप र आकस्मिक सूचना जस्ता श्रोतहरु हुन सक्दछन् ।

समाचारको निष्पक्षतामा सहमत भईसकेपछि समाचार संकलनका समयमा यस सम्बन्धि आधारभूत पक्षलाई बिशेष ध्यान लिन आवश्यक छ । सही रुपमा पत्रकारिताका मापदण्ड अन्तर्गत रही समाचार सम्प्रेषण गरिएमा निष्पक्षता प्रमाणित गर्न र विश्वसनीयता विकास गर्न पनि सकिन्छ । ताजा, नयाँ, सबभन्दा पछिल्लो घटान नै समाचार बन्नु पर्दछ । नयाँ घटनाका सम्बन्धमा नौलो खोजी रहनुपर्दछ । भौगोलिक तथा भावनात्मक हिसाबले नजिकका घटान विवरण, घटानसँग सान्दार्भिक हुने समाचार, घटानलाई पुष्टि गर्ने समाचारका श्रोतहरु, विचार र मान्यता अनुरुप राजनीतिक सोचाई, आस्था र विश्वास, महत्वपूर्ण र प्रमुख घटना तथा व्यक्तिहरु, घटनाको प्रभाव वा परिणाम र ठूलो, सानो, व्यापक र संकुचित, दूर्घटना, मृतक, समाचारसँग सम्बन्धित पीडित एवं पीडकको संख्या । घटनाबाट हुन सक्ने परिवर्तन, विषयगत मानवीय अभिरुची भएको, भावनामा प्रभावित गर्ने घटना र विषयवस्तु, साधारण व्यक्तिका असाधारण क्रियाकलापहरु, असाभारण व्यक्तिका साधारण क्रियाकलापहरु र घटनाका यथार्त विवरण समेटन सक्नुपर्दछ ।

मानवअधिकारका विषयसँग सम्बन्धित समाचारको संकलन, लेखन र सम्पादन गर्दा केही विशिष्ट तौरतरिकालाई ध्यान दिन आवश्क छ । मानव अधिकारका विश्वव्यापी मान्यताका आधारमा संयुक्त राष्ट्रसंघबाट पारित सन्धी, अभिसन्धी, महासन्धी र अन्य विभिन्न दस्ताबेजद्वारा निर्धारित मानवअधिकारका मापदण्डका अधिनमा सबै संचारकर्मीहरुको ध्यान केन्द्रित हुन जरुरी पनि छ । मानवअधिकारका समाचार सम्प्रेषण गर्दा राष्ट्रिय मात्र नभई विशवव्यापी मान्यतालाई प्राथमिकता दिन आवश्यक छ । मानवअधिकारको कुनै सीमा नै हुँदैन, यो वास्तवमा अभिभाज्य छ र यसका मान्यताहरु सर्वव्यापी पनि छन् । त्यसैले मानवअधिकार सम्बन्धि समाचारलाई संचारकर्मीले संमवेदनशीलताका साथ सम्प्रेषण गर्नु पर्दछ र संचारमाध्यमले प्राथमिकतापूर्ण स्थान दिएर प्रकाशन पनि गर्न आवश्यक छ ।

पत्रकारितालाई वास्तवमा मानवअधिकारको सबैभन्दा ठूलो संरक्षक पनि मानिन्छ । यसको विवेकपूर्ण प्रयोग भएमा आम नागरिकले सम्मानित जीवन यापन गर्न पाउँछन् र मानवअधिकारको पक्षमा राज्यको छवि उच्च राख्न र अन्र्तराष्ट्रिय पहिचान सुदृढ गर्न सहायकसिद्ध हुन्छ भने, अविवेकपूर्ण प्रयोग घातक हुने निश्चित पनि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार