प्रहरी इन्काउन्टरमा मारिएका तामाङ परिवारले दिए मानव अधिकारमा उजुरी

भक्तपुर : भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारी गोपाल तामाङ र अजय तामाङका परिवारलेले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

बुधबार आयोगको कार्यालय पुगेर परिवारका सदस्यले काँडाघारीका बालक निशान खड्काको अपहरण र हत्या प्रकरणमा प्रहरी इन्काउन्टर नभइ हत्या भएको भन्दै आयोगमा उजुरी दिएका हुन् ।

११ वर्षिय बालक निशानको अपहरण पछि उनीहरुले उनकि आमालाई फोन गरेर मोटो रकम मागेका थिए। त्यसपछि बालकको हत्या गरेर गाडिएको अवस्थामा शव फेला परेको थियो। प्ररीले भक्तपुरको डोलेश्वरमा गोली चलाउँदा दुई अपहरणकारीको मृत्यु भएको बताउदै आएको छ ।

उजुरी दिन गोपालका आमाबुबा, बहिनी तथा अजयका बुबा निमा तामाङ मानवअधिकार आयोग पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार