आफ्नै देशमा रोजगारी दिन सामाजिक परिचालकहरुको माग

लहान : प्रदेश नम्बर २ का सामाजिक परिचालकहरु प्रदेश सरकार संग आफनै देशमा काम गर्ने बातावरण सृजना गरीदिन पटक पटक माग गरेको छ ।

स्थानिय निकायमा करिब ९ बर्ष लामो समय सम्म काम गरी  उमेर हद गुमाई दिएका सामाजिक परिचालकहरुलाई हटाएपछी उनिहरुको भबिष्य अन्यौलमा रहेकोले स्थानिय शासन तथा सामुदायीक विकास कार्याक्रम अन्तर्गतका सामाजिक परिचालकहरु आफुहरुको  योगदानको कदर गर्दैै  भबिष्य सुनिश्चित गरिदिन केन्द्र, प्रदेश र स्थानिय सरकार संग पटक पटक माग गर्दै आईरहेको नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नं. २ का अध्यक्ष शिव शंकर मेहताले जानकारी दिए ।

गएको असारबाट नेपाल सरकारले कामबाट निकालेको भन्दै उनीहरु पाँच दिन भित्र प्रदेश सरकारले माग पूरा नगरे आफूहरु कडा संघर्षमा उत्रिने चेतावनी समेत दिएका हुन् ।

नेपाल सरकारको पूर्ण सेवा सुविधा उपलब्ध गराई अहिलेलाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनु पर्ने र योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नु पर्ने लगायतका दुई बुँदे माग सामाजिक परिचालकहरुको छ ।

आफूहरुलाई सरकारले कामबाट हटाउँदा उमेर हद लगायतका विभिन्न कारण रोजगारी पाउन समेत असम्भव भएकाले माग सम्बोधन नभए सडक संघर्ष लगायतको चरणबद्ध आन्दोलनको कर्यक्रम घोषणा गर्ने समाजिक परिचालक कर्मचारी संघ प्रदेश २ का अध्यक्ष शिवशंकर मेहताले चेतावनी दिए ।

प्रदेश नम्बर २ मा ८ सय ५४ जना सामाजिक परिचालकलाई रहेको छ  भने देशै भरी करिब ४ हजार ६ सय ६४ सामाजिक परिचालक रहेको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार