तमिलनाडुका पूर्वमुख्यमन्त्रीको अन्तिम संस्कार कहाँ गर्ने ? अदालतले निर्धारण गर्दै

एजेन्सी : तमिलनाडुका पूर्व मुख्यमन्त्री र डिएमकेका दिवंगत नेता एम. करुणानिधिको पार्थिक शरिर मरिना बीचमा गाडिने कि नगाडिने भनेर बुधबार बिहान मद्रास उच्च न्यायालयले निर्धारण गर्ने बताइएको छ ।

यसबारे मंगलबार राती उच्च न्यायालयका मुख्य न्यायाधिसको घरमा सुनुवाई सुरु भएको थियो जसलाई बुधबार बिहानसम्मका लागि स्थगित गरिएको थियो ।

अदालतले राज्य सरकारसँग यसबारे जवाफ मागेको छ ।

डीएमकेले तमिलनाडुका राजनीतिक दिग्गजको अन्तिम संस्कार गरिएको स्थानमा नै आफ्नो नेताको अन्त्येष्टि गरिनुपर्ने माग राखेको थियो । तर प्रदेशको एआईएडीएमके सरकारले यसको अनुमती दिएन ।

डिएमकेले यसका लागि उच्च न्यायालयको ढोका ढक्ढकायो र अबेर राती भएपनि  अदालत बस्यो । अदालतले सरकारलाई बिहान आठ बजेसम्म जवाफका लागि समय दिएको छ ।

जुलाई २८ तारिखदेखि अस्पतालमा भर्ना भएका करुणानिधीको मंगलबार बेलुका ६ बजेर १० मिनेटमा निधन भएको हो । उनी ९४ वर्षका थिए ।

उनको पार्थिक शरिर उनको निवास गोपालपुरम पुर्याइएको छ ।  बुधबार उनको शव राजाजी हलमा राखिनेछ ।

डीएमकेका कार्यकारी अध्यक्ष एम के स्टालिनले आफ्नो पिताको नाममा एक भावुक पत्र पनि ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘मैले तपाईंलाई पिताभन्दा बढि एक नेताको रुपमा सम्बोधन गरेको छु । अब एक पटक, मेरा नेता, के म तपाईंलाई बुवा भनेर बोलाउन सक्छु ?’

राहुल–रजनीले मरिन बीचमा स्थान पाउनुपर्ने भन्दै अपिल गरेः

सरकारले अन्ना विश्वविद्यालयको अघिल्तिरको दुई एकड जमि उपलब्ध गराउन तयार भएको बताएको छ । यो इलाका मरिन बीचभन्दा आठ किलोमिटर टाढा छ ।

करुणानिधिका छोरा एमके स्टालिन, एमके अलागिरी र छोरी कनिमोझीले भने उनको पिताले अन्ना दुरेको समाधि नजिकै स्थान पाउन् भन्ने इच्छा व्यक्त गरेका छन् ।

डीएमकेका समर्थकले मरिना बीचमा करुणानीधीको अन्तिम संस्कार हुनेपर्ने मागमा तोडफोड पनि गरेका छन् ।

कांग्रेस अध्यक्ष राहुल गान्धीे पनि करुणानिधीको अन्त्येष्टी मरिना बीचमा नै हुनुपर्नेमा समर्थन गरेका छन् ।

राहुलले ट्वीट गरेका छन्, ‘जयललिला जी जस्तै करुणानीधी पनि तमिलका आवाज थिए । त्यो आवाजले मरिन बीचमा स्थान पाउनुपर्छ । मलाई विश्वास छ कि तमिल नाडुका नेता यो दुःखको घडीमा उदार व्यवहार देखाउनेछन् । ’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार