रुकमांगत कट्टवाल छात्रावृत्ति इलामकी रायलाई

सुजता सुनुवार

इलाम : रुकमांगत कट्टुवाल छात्रावृत्ति इलामकी रञ्जिता रायलाई प्रदान गरिएको छ । कमजोर आर्थिक स्थिति भएकाले अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले रायलाई एक लाख २५ हजार रुपैयाको चेक मंगलबार हस्तान्तरण गरिएको छ । छात्रावृद्धि रायकी हजुरबुवा इन्द्रबहादुर रायलाई प्रदान गरिएको हो ।

सो बराबरको रकम रुकमांगत कट्टुवाल ट्रष्टले प्रदान गरेको इलाम टेक्निकल इन्टिच्युट इलामका प्रिन्सिपल प्रदिप खड्काले जानकारी दिए । उनका अनुसार यस इन्टिच्युटमा सिएमए ४० ल्याव असिस्टेन्ड ४० गरी ७५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

ट्रष्टले प्रत्येक वर्ष प्राविधिक विषय लिएर अध्ययन गरीरहेका २० जना विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गर्दै आएको छ । यस वर्ष झापा, इलाम, विराटनगर, धनकुटा, लाहान, राजविराज लगायतका विद्यालयमा अध्ययन गरीरहेका विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरिएको छ ।

वि.सं. २०६५ सालमा स्थापना भएको यस ट्रष्टले विगत तीन वर्ष यता जम्मा ६० जना विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृद्धि वितरण गरीसकेको शिक्षक प्रनव भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार