ताप्लेजुङमा आँखा पाक्ने रोगका बिरामी बढे

ताप्लेजुङ : ताप्लेजुङमा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएका छन् ।

पछिल्लो दुई साता यता आँखा पाक्ने समस्या लिएर अस्पतालमा आउने विरामीको घुईचो लाग्न थालेको छ ।

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा दैनिक कम्तिमा १५ जनासम्म यस्ता बिरामी आउने गरेको उपचार केन्द्रका क्लिनिक ईन्चार्ज काजी गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार हावाको माध्यमबाट सर्ने ब्याक्टेरिया भाईरसका कारण आँखा चिलाउने र पाक्ने गर्दछ ।

यस्तो बेलामा दिनमा चार पटकसम्म सफा पानीले आँखा सफा गर्नुका साथै सफा रुमालको मात्र प्रयोग गर्नुपर्ने र थप समस्या आए स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनुपर्ने गुरुङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार