पाँचथरको उत्कृष्ट प्रहरीमा राई घोषित

युद्धबहादुर बोहोरा

पाँचथर : जिल्ला प्रहरी कार्यालय पाँचथरले ‘पोलिस अफ द मन्थ २०७५ असार’ मा प्रहरी चौकी फाक्तेपमा कार्यरत मन्जुल राईलाई घोषणा गरेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा दरबन्दी भइ विगत तीन वर्ष देखि उनी फाल्गुनन्द गाउँपालिका-५, घुर्बिसे पन्चमी  स्थित प्रहरी चौकी फाक्तेपमा कार्यरत छन् ।

१२ वर्ष अघि सुरक्षा क्षेत्रमा प्रवेश गरेका प्रहरी जवान राइले आफ्नो जिम्मेवारीलाई अत्यन्तै कुशलता साथ निभाउँदै आएका कारण उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

अपहरण तथा शरिर बन्दक मुद्दामा अदालतले दोषी ठहर गरि फैसला सुनाएका फरार अपराधीलाई पक्रने काम साथै विगतका चुनावहरु खल्बल्याउन खोज्ने भूमिगत पार्टीका कार्यकर्ता पक्राउ गरि कानुनको दायरामा ल्याउने आदि कार्यको उच्च मुल्यांकन गरि उनलाई  सम्मान गरिएको बताइएको छ ।

स्थानीय बासिन्दा, सरोकारवाला निकाय, समाजसेवी लगायतका व्यक्तिहरु संग समन्वय गरि अपराध नियन्त्रण गर्न उनको गहन भूमिक रहेको छ ।

कार्य क्षेत्रका टोल-टोलमा प्रहरी र जनता संग प्रहरी अभियानको महत्त्व जनता समक्ष बुझाउने,प्रहरी पेशाप्रतिको जनविश्वासलाई अझै वृद्धि गर्ने काममा अग्रसर रहेकोमा   स्थानीय बासिन्दाहरु उनको कार्यशैलीको कदर गर्दछ्न् ।

इलाम जिल्ला र पाँचथरको सिमानामा पन्ध्र दिनमा लाग्ने घुर्बिसे पन्चमी हटिया शान्त र सुरक्षाको वातावरण निर्माण गर्न उनको विशेष भूमिका छ ।

सेवा क्षेत्र भित्र कुनै पनि अप्रिय घटना भए तत्काल उपस्थित हुने,प्राकृति प्रकोपमा उद्धारको लागि सक्रिय रहने साथै सामाजिक कार्यमा समेत चासो राख्ने प्रहरी जवान राई उत्कृष्ट घोषणा भएकोमा स्थानीय बासिन्दा, संघ संस्था र जनप्रतिनिधिले प्रशंसाका साथमा बधाई दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार