अपहरणमा परेका बालकको हत्या, प्रहरी इन्काउन्टरमा दुई अपहरणकारिको मृत्यु

काठमाडौं : काँडाघारीबाट आइतबार अपहरणमा परेका ११ वर्षीय बालकको हत्या भएको छ ।

सिन्धुपाल्चोक घर भइ काँडाघारीमा बस्ने निशान खड्काको अपहरणकारीले सोमबार हत्या गरेका हुन् । अपहरणमा संलग्न २ जना व्यक्ति पनि प्रहरी कारवाहीमा मारिएका छन् ।

बालकको खोजीका लागि खटिएको प्रहरी र अपहरणकारीबिच भक्तपुरको डोलेश्वरमा झडप भएको र त्यस क्रममा २ जना अपहरणकारी मारिएको प्रहरीले दावी गरेको छ ।

११ वर्षे खड्कालाई अपहरण गरी उनीहरुले परिवारसँग ४० लाख रुपैयाँ फिरौती मागेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार