काँडाघारीबाट अपहरित बालकको हत्या

काठमाडौं : आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या भएको छ । ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको हो ।

सोमबार दिउँसो १२ बजे खड्काको शव भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरे । अपहरणकारीले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती माग गरेका थिए ।

उता, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग मुठभेडमा पर्दा दुर्इ अपहरणकारीको मृत्यु भएको छ ।onlinekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार