उपत्यकामा अविरल वर्षा, नदी किनारका सुकुम्बासी बस्ती जोखिममा

काठमाडौं : काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण विभिन्न खोला–नालामा जलस्तर बढेको छ । बागमती, विष्णुमतीलगायत नदीमा पानीको सतह बढेको छ ।

सिनामंगल क्षेत्रमा बागमती नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्ती बागमतीमा आएको बाढीले खतरामा परेको छ । सो क्षेत्रमा बागमती नदीको जलस्तर बढेर सुकुम्बासी बस्तीका कयौं घरको जग तथा पर्खालसम्म पुगेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालका वर्षा हुने सम्भावना छ । सोमबार दिउँसो पश्चिम क्षेत्रका थोरै र मध्य तथा पूर्व क्षेत्रका एक÷दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार भने दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पश्चिमका धेरै स्थान तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना छ । त्यस्तै बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार