कामु प्रधानन्यायाधीको जिम्मेवारी सम्हालेका मिश्रले ४६६ वटा पेशी तोके

काठमाडौं : आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पहिलो दिन ४६६ वटा पेशी तोकेका छन् ।

संविधानको धारा १२९ को उपधारा ६ बमोजिम आफ्नो कामकारबाही र प्रशासनिक काम प्रारम्भ गरेका उनले आजबाट पेशी तोक्न सुरु गरेका हुन् ।

सर्वोच्च अदालतले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता भद्रकाली पोखरेलले जोशी बिदा बसेपछि आजदेखि न्यायाधीश मिश्रले कायममुकायम प्रधानन्यायाधीको जिम्मेवारी सम्हालेको जानकारी दिए । आज ४६६ वटा पेशी तोकेकोमा ४७ थान फैसला र ९१ वटा आदेश भएको उनले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार