३२ हजार कर्मचारी हटाउँदै सरकार

काठमाडौं : सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको छ ।

सरकारले संचालन गर्ने आयोजनाहरु प्रदेश तथा स्थानीय सरकारमा रुपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरु कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था आएको हो ।

अखिल नेपाल सरकारी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संगठनले ३२ हजार कर्मचारी सरकारले नाटकीय ढंगबाट हटाउन लागेको भन्दै आन्दोलन सुरु गरेको छ ।

केन्द्र सरकारले संचालन गर्दै आएका परियोजना प्रदेश तथा स्थानीय सरकारले संचालन गर्ने भएपछि त्यस्ता आयोजनामा बजेट नै छुट्याइएको छैन । –राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार