सामाजिक सर्जक धनरुप थेबेलाई बिर्सदैँ

लोकेन थेवे

माईजोगमाई : तत्कालिन जहानीय राणा शासनकै समयमा इलाम जिल्लाकै पहिलो सामाजिक अगुवा धनरुप थेबेलाई अहिलेको युवा पुस्ताले बिर्सेको र उनले गरेको सामाजिक कार्य समेत बिर्सेको गुनासो छ ।

इलाम सन्दकपुर ५ मा सन् १९२१ सालमा जन्मेका धनरुप थेबेले इलाम जिल्लाको सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरेका थिए । सामाजिक काम गर्नका लागि भन्‍न जति सजिलो भएपनि गरेर देखाउन झनै गाह्रो हुन्छ ।

इलाम जिल्लामा विकासको पुर्वाधार नभएको समयमा हाल सन्दकपुर गाउँपालिका जमुना र सुलुबुङ तर्ने माइखोलाको पुल सन् १९६६ धनरुप थेवेले व्यक्तिगत रुपमा निर्माण गरेका हुन् । जुन समयमा यातायात र विद्युतीय  सेवाको अभावमा पुलका लागि आवश्यक सामग्री भारतको कोलकत्ता र सिलगुडीबाट मान्छेले नै बोकेर ल्याएको थेबे वंशावलीमा उल्लेख भएको पाइन्छ ।

यो पुल बनाउँदा बनाउँदै आधा काम सक्दा अचानक धनरुप थेबेको मुत्यु भएकोले उनका भाइ पुनाहाङ थेबेले दाजुले थालेको सामाजिक काम सन् १९६६ मा पूरा गरी पुलको नाम पनि दाजुकै नाममा नामाङ्करण गरिएको माइजोगमाइ ६ का इतिहासका साक्षी महेन्द्रबिक्रम थेबे बताउँछन् ।

पुल स्थापनापछि यस्को संरक्षणका लागि २ ठाँउ गरी २५ रोपनी खेत दिएको र हाल एक ठाँउको खेतमा चन्द्रपाल थेबे ढापपोखरी निर्णमाण भएको छ ।

यो पुल इलाम जिल्लाकै पहिलो राणा शासन कालमै बनिएको झुलुङ्गे पुल भएपनी यसको बनोट र सामग्री अझै उत्कृष्ट रहेको र सयको बेग्लै  ईतिहास रहेकोले अहिले जीर्ण बन्दै गएकोले सबै मिलेर यसको संरक्षण गर्नुपर्ने सन्दकपुर ५ का प्राविधिक रमेश भट्टराई बताउँछन् ।

त्यसो त अकालमा मुत्यु भएका आफ्नो काका हाङज्ञक थेबेको नाममा बि.स. १९५८ हिटि पनि बनाइएको थियो । यो हिटि माइजोगमाइ ६ मा अहिले पनि हेर्न सकिन्छ । त्यस्तै बि.स. १९४० मा आफ्नो बुवा चन्द्रपाल थेबेको नाममा सन्दकपुर ५ इङलामा पाटी बनाएका थिए । सो पाटीमा तत्कालिन धनकुटाबाट अपदस्त गरेका श्री ३ महाराज देब समर भागेर इन्डिया जाँदा सो पाटीमा एक रात बास बसेर गएको बुढापाका बताउँछ्न् ।

केही समयपछि सो पाटी भत्काएर त्यहाँ रहेको कर्कटपाताहरु माइजोगमाई ६ मा लगेर विद्यालय बनाइएको थियो । पहिले चन्द्रपाल प्राथमिक विद्यालय रहेको र हाल प्याङ माध्यमिक विद्यालय नामाङ्करण गरिएको छ । चन्द्रपाल प्राथमिक विद्यालय स्थापना भएपछि विद्यालयलाई सन्चान गर्न ७० रोपनी अलैंची बगान दिएको र सो बगान हाल प्याङ माध्यमिक विद्यालयको मातहतमा रहेको छ ।

यति मात्र होइन, गाउँघरमा अनगिन्ती सामाजिक कार्य गरेका धनरुप थेबेको लागि इलाम जिल्लाले केही गर्न नसकेको र उनको देनको कदर युवा पुस्ताले गर्न नसक्‍नु दुर्भाग्य भएको बताउँछ्न् माइजोगमाई ६ का सुरज थेबे । निस्वार्थ भावनाले सामाजिक कार्यमा आफ्नो सम्पूर्ण जीवन अर्पेका धनरुप थेबेलाई युवा पुस्ताले विर्सेकोमा चन्द्रपाल थेबे ढापपोखरी सीमसार संरक्षण केन्द्रका अध्यक्ष विप्लव भट्टराई भन्छ्न् ‘उनले गरेको कार्यको नयाँ विद्यार्थीहरुको लागि अध्ययनको बिषय बनाउनुपर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार