जापान ‘सेक्स फ्री‘ देश हो , महिलाहरु जतिबेलापनि एक्लै हिड्नसक्छन, बलात्कार शून्य छ

म पूर्वको सम्पन्न अनि समृद्ध राष्ट्र जापान आएको झन्डै पाँच वर्ष पुग्दै छ ।प्राकृतिक विपदीहरु वाहेक अरु घिनौना खेलहरु केही देखीन् ।मानवताले भरिपूर्ण देश जापानको अभिभावक नै राजा हुन् । राजतन्त्र सहितको राज्य यति धेरै मानवताले भरिपूर्ण देखिदा मलाई मेरो देशमा ६२/६३ मा राजतन्त्र अनत्यकालागि गरिएको आन्दोलनले मन छुन्छ । देश बनाउन राजतन्त्र फ्याक्नैपर्ने कारण देखिन जापानमा । वेलायतमापनि यस्तै व्यवस्था छ । वेलायत नेपाल जस्तै सानो देश भएतापनि प्राकृतिक स्रोत र साधनको भरिपूर्ण सदुपयोगले अनि प्रविधिक शक्तिको आधारले विश्वकै शक्ति सम्पन्न राष्ट्रहरुको सुचिमा छ । 

जापान बाहिरबाट सुनिन्छन् , बलात्कार बाट नाबालिकाको मृत्यु बारे, करौडौ रुपयॉं भ्रष्टाचार बारे , मानव तस्करका नायक बारे , जातियताका आधारमा मानविय दमन, कुटपिट र खुकुरी प्रहार बारे , महिनाबारी हुदा महिला गोठमा बारे , मन्त्रिले पदको दुरुपयोग गरेको बारे , दलाहरु लुटेका , ठगेका बारे र यस्तै यस्तै घटनाहरुले यो मन भरिएको कति छ कति छ । मैले यि सवै कुराहरु भने , देखेकै घटनाहरु हुन् । अहिलेपनि हाम्रै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले भोगिरहेका छन् । दु:ख लाग्छ यस्तै ग़लत प्रविति र आचरणहरुको विगविगि दिनानुदिन बढ्दै जाने हो भने भोली देश अरुकै ईशारामा चलाने समय नआउला भन्न सकिदैन। 

लेखक : एच.बी ताम्राकार

काभ्रेमा महिला बलतकृत , कलंकिमा महिला बलतकृत , कैलालीमा महिला बलतकृत र कंञ्चनपुरमापनि महिला बलतकृत । बलात्कारपछी सवै मृत्यु भन्ने खबले यो मन झनै रुवायो । महिलाको के कुरा छ लुकाउनुपर्ने । मलाई लाग्छ यौनी र बुबु नै हुन ।ब्रा र पेन्टी परकै कुरा हुन , छोटो लुगा लगाएर हिडेपछी समाजमा अराजकता फैलायो भनेर महिलालाई गाउँ निकाला गर्नेसम्मको चलखेल देखीन्छ । 

पुरुष प्रधान देश नेपालमा महिला र पुरुष बराबर हुन भन्ने सोचको विकास कार्यानवन तहसम्म पुग्न सकिरहेको छैन्। पुरुषलाई सेक्स चाहिन्छ भने महिलालाई किन चाहिदैन । सेक्स फ्रि देश राखौ न । निश्चित उमेर पुगिसकेपछी केटा र केटी भेटघाट हुनु , प्रेम संम्वन्धमा पर्नु र सेक्स गर्नुलाई सामान्य लिदा कस्तो होला ।केटा र केटी संगै हिडेका बेला घुरेर नहेरौ । स्वतन्त्र रुपले उमेर पुगेका युवायुवतीलाई सहकार्य गर्न दिउ । बहिनी वा छोरी सार्वजनिक ठाउँमा पठाउ । सवैसंग घुलमिल हुने वातावरण मिलाउ । महिलाहरुलाई लुगा लगाउने तरिकाकै आधारमा संकुचित सोच बनाउदै नतर्साउ । 

पार्क मा आफ्नो पुरुष साथी संग रमाईलो गरिरहेकी छिन भने स्वतन्त्र छोडौ । केटीले केटालाई , केटाले केटीलाई अन्नेथा नसोची खुलेर यौन सम्पर्क गर्ने बारे बहस गरौ , छलफल गरौ र स्वस्थ सेक्स गरौ । यसरी श्रीमान- श्रीमती , प्रेमीहरु र जो कोहिपनि जोडीहरु फ्रि तरिकाले रमाईलो गर्न दिए , बन्द कोठा , जंगल वा झाड़ी चाहिदैनन्। महिलाहरु नेपालमा एकपछी अर्को बलतकृत हुदै मृत्युको मुखसम्म पुग्नु देशकैलागि लज्जास्पत डरलाग्दोसहितको संवेदनशील विषय हो । निराकरण कसरी गर्ने ? चौतर्फी चाखलाग्दो विषय बनेको छ । 

पहिलो कुरा त कानुन एकदम फितलो छ । बलात्कारीहरुलाई भकाभक झुन्ड्याउनु पर्छ । फाँसी दिइयो भने अन्य अप्रिय घटनाहरु घट्न पाउदैनन् । क़दम बढाउनुवअगाडी हजार पटक सोच्न बाध्य हुन्छन् । मृत्यु कसैले रोज्दैन । मृत्यु निश्चित छ भन्ने थाहॉं हुदाहुदैपनि बाच्न चाहन्छन । २ दिनमा भित्र मर्छु भन्ने मान्छे  ४ दिन सम्म बाच्न हारगुहार गर्छ , २ वर्ष मात्र बाच्ने मान्छे ४ वर्ष बाच्न पाउ भन्दै मन्दिरमा घुडा टेकाउन पुग्छ ।त्यसैले मर्नकैलागि कोहिपनि रेप गर्न तयार हुदैनन् । समाजलाई साघुरो परिधिभित्र राख्ने खेल परिवारबाटै भइरहेको छ । परिवारमा स्वस्थ वहस हुनुपर्छ । खुलेर कुरा गर्नुपर्छ । छोराछोरीलाई बन्द कोठामा बाधेर राख्नु हुदैन ।उमेर पुगेका केटाकेटीहरु बन्द कोठामा बाध्नु भनेकै अप्रिय घटनालाई अगाल्नु हो ।छोराछोरीले पहिलो शिक्षा परिवार बाट पाउने भएकाले , राम्रै संस्कार आमाबुवाले छोराहरुलाईपनि सिकाउनु पर्छ । 

नेपालको संविधान २०७२ लाई संशोधन गरी फासीको सजाय दिने भन्ने विषय राख्ने की । यदि कनुनको धज्जि उडाउने गरी अपराधी २ दिनमै जेलमुक्त गर्दै जाने हो भने नेपाल अराजक मुलुकको सिर्ष स्थानमा रहन जान्छ । देशमा भाडभैलो मच्चिन थाल्छ । नेपालको सुरक्षा व्यवस्था अत्यन्तै नाज़ुक हुदै जानु भनेको विदेशीहरुले आखॉं गाड्नु हो । यसमा सवैको गम्भीर चासो हुनु समयको माग हो । 

जापानको प्रविधिक रुपले विश्वकै शक्तिशाली राष्ट्रहरुमा पर्छ । जापानिजहरु विचारले यति धेरै विकसित छन की जुन कुरा हामी नेपालीहरुले सिक्नै पर्छ ।सवै काममा व्यस्त हुन्छन । हप्ताको ५ दिन राम्रैसंग मिहिनेत गर्छन । २ दिनको विदामा आफुलाई मन लागेको ठाउ घुम्छन् । राम्रै खान्छन् । साथीभाईसंग भेटघाटपनि गर्छन । आफ्नो प्रेमिकासंग डेट गरिरहेको दृष्यहरु त जापानकालागि सामान्य नै हो ।दुवैजना सहमत भए पार्कमै सेक्सपनि गर्छन । गाडी भित्र सेक्स गर्छन । अरुहरुले देखेनि बाल दिदैनन् । यसलाई उनिहरुको स्वतन्त्रता सम्झन्छन । रमाईलो गरिरहेकाहरुलाई गर्न दिनु नै जापानको एक अहम विशेषता हो ।त्यसैले होला जापानमा कोहिपनि कसैलाई मतलब राख्दैनन् । सबै आफ्नो बाटो हिडिरहेका हुन्छन ।ज़बरदस्त महिलालाई छुनु भनेको भिरबाट हाम फाल्नुसरह हो जापानमा , त्यसैले सेक्स पार्टनर नहुनेहरु सेक्स सेन्टर जान्छन् , हस्त मैथुन गर्छन ,हुनेहरु पार्क र गाडीमा सेक्स गर्छन , बल्तकारका घटना हुने कुरै भएन । 

अन्तमा , मानवता हराएको देशले जापानबाट सिक्छ । सायद यो कुरा विश्वका हरेक राष्ट्रले सिकिरहेको पनि छ । हामी जापानको प्लेनमा यात्रा गर्छौ , ट्रेनमा गर्छौ , बसमा गर्छौ , ट्याक्सीमा गर्छौ , निजी गाडी वा साइकलमा गर्छौ । सवै यात्रहरु प्राय चाखलाग्दा नै हुन्छन । राति जतिवेलापनि महिलाहरुसंग यात्रा गरि रहेका हुन्छौ । महिलाहरुपनि आफुलाई मनपर्ने केटा देखेपछी समय दिन पछी हट्दैनन् । रमाईलो गरौ भन्छन् । घुम्न जाऔ भन्छन । विदाको समय प्राय सवै डेटिङ्कमा व्यस्त देखिने हुन्छन । उमेर पुगेका महिला वा पुरुष जो कोहिपनि परिवारबाट फुकुवा हुन्छन् । जहॉं गएपनि , जोसंग बसेपनि , जे खाएपनि , जतिबेला आजपनि सवैकुराहरुबाट युवायुवति फ़्री नै छन् । त्यसैले त जापान महान छ , सवैले भनेकै छन् , जापान मानवता बोकेको र सान्तिले छाएको देश हो । नेपाललेपनि सिक्ने की ? 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार