पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ ।

यता इच्छाकामना गाउँपालिका– ६ को जलबिरेमा पहिरोका कारण एकतर्फी मात्र सवारी साधन सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार