पत्रकार मगरको उपचार सहयोगार्थ फोनिज इलामले २४ हजार पठायो

नयाँ बुलन्द

इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महास‌ंघका केन्द्रीय सल्लाहकार अग्रज पत्रकार उजीर मगरको उपचार सहयोगार्थ नेपाल आदिवाजी जनजाति पत्रकार महास‌ंघ  (फोनिज) इलामले २३ हजार ८ सय रुपैयाँ सहयोग गरेको छ ।

फोनिज जिल्ला शाखाले ‘पत्रकार उजीर मगरको उपचार सहयोग अभियान’ अन्तरगत स‌ंकलन गरेको रकम प्रदेश इन्चार्ज मार्फत संघीय कार्यसमितिमा पठाएको हो । संघीय कार्यसमितिको सर्कुलर अनुसार फोनिज १ नम्बर प्रदेश इन्चार्ज दिपेन्द्रकुमार राई (दिपीन) मार्फत सो रकम संघीय कार्यसमितिमा पठाईएको इलाम शाखा अध्यक्ष राम योङहाङले जानकारी दिए ।

पत्रकार उजीर मगरको उपचार सहयोगार्थ फोनिज इलामले गत साता ‘पत्रकार उजीर मगरको उपचार सहयोग अभियान’ संचालन गरेको थियो । सो अभियानका क्रममा फोनिज जिल्ला शाखाका पदाधिकारी, सम्बन्धित जिल्लाका संघीय सदस्य, सल्लाहकार, केन्द्रीय पार्षद, साधारण सदस्य तथा समाजसेवीबाट २४ हजार रुपैयाँ स‌ंकलन भएको अध्यक्ष योङहाङले जानकारी दिए ।

नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव समेतर रहेका पत्रकार मगर गत २ साउनमा बाग्लुङमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । प्रारम्भिक उपचारपछि मगरलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

मगरसँगै अन्य चार यात्रु चढेको ध १ ज १४९ नम्बरको जीप बाग्लुङको गलकोट रिघामा २ साउन बेलुका दुर्घटनामा परेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार