वडाअध्यक्ष र सचिवले आर्थिक अनियमितता गरेको भन्दै कार्यालय घेराउ

अखिलेश कुमार यादव

रौतहट : रौतहटको राजदेवी नगरपालिका वड़ा नम्बर ९ ब्रह्मपुरीका स्थानीय वासीले वडा कार्यालय घेराउ गरेका छन् । वडाध्यक्ष र वड़ा सचिवको विरोधमा बुधवार वड़ा कार्यालय घेराउ गरेका हुन् ।

गत आर्थिक वर्ष २०७४/२०७५ को सामाजिक सुरक्षा तथा बाल पोषण भत्तामा अनियमिता गरेको भन्दै स्थानीय सरोकारबालाहरुले नारावजी गरेका हुन् । बाल बालिकाको लागि आएको रकम सचिवले जेष्ठ नागरिक, दलित ,अपांगलाइ वितरण गरेको स्थानीयहरुको आरोप रहेको छ ।

वड़ा अध्यक्ष फूलिंद्र दास र वड़ा सचिव दिनेश यादवले वाल बालिकाको लागि आएको बाल पोषणको रकम सामाजिक सुरक्षाको रकम सँगै बाडेकोले स्थानीयहरु आक्रोशित भएको स्थानीय युवा समाजसेवी नविनकुमार सिंहले बताएका छन् ।

८ महीनाको भत्ता बृद्ध महिला पुरुषलाइ दिनुपर्नेमा ४ महीनाको रकम मात्रा वितरण गरिएको र बालबालिकाहरुलाई सो रकम नदिएको समाजसेवी सिंहको भनाइ छ । ८ महीनाको सामाजिक सुरक्षा र १० महीनाको बाल पोषणको रकम अन्य वड़ा हरुमा वितरण भएपनि वड़ा नम्बर ९ मा ४ महीनाको सामाजिक सुरक्षा र ४ महीनाको बाल पोषणको रकम निकासा भएकोमा सचिव यादवले बाल बालिकाले पाउनु पर्ने रकम जेष्ठ नागरिकहरुलाई वितरण गर्दा स्थानियहरु आक्रोशित भई वड़ा कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले वड़ा अध्यक्ष मुर्दावाद, सचिवलाइ सरुवा गर, बाल बालिकाको रकम वितरण गर, सरकारले दिएको रकमको खर्च सार्वजानिक गर जस्ता नारा लगाएका थिए ।

 स्थानीयहरुले कार्यालय घेराउ गरेपछि प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले तत्कालै नगरप्रमुख धीरेन्द्र कुमार सिंहलाइ घटनाको सम्वन्धमा जानकारी गराएका थिए । जानकारी पाएपछि प्रदर्शन स्थल पुगेका नगरप्रमुख सिंह, उपप्रमुख अंशु सिंहले आगामी भाद्र १० गते भित्र अपुग रकम व्यवस्था गर्ने प्रतिवद्धता जनाएपछि स्थानीयहरु शान्त भएर घर फर्केको स्थानीय रमेश साहले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार