बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङको थाक्रे गाउँपालिका–२ कोइराला डाँडामा हिजो बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थाक्रे गाउँपालिका–२ मिलनचोक ३० बर्षीय निराजन तामाङ रहेका छन् । हिजो बेलुकी साँढे ७ बजे लु२ख २३८ नम्बरको बसले तामाङ सवार बा९६प ९२१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घाइतेलाई तत्कालै उपचारको लागि राती ९ बजे काठमाडौंस्थित नर्भिक अस्पताल थापाथली ल्याइएकोमा चिकित्सकले मृत्त घोषणा गरेको थियो । दुर्घटना पश्चात बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार