राजनीतिक नेतृत्वले आर्थिक नियम कानुनभित्र बस्‍नुपर्छ : प्रधानमन्त्री ओली

नयाँ बुलन्द

काठमाडौं : प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानुनभित्र बस्नुपर्ने बताएका छन् । महालेखा परीक्षकको आर्थिक वर्ष २०७४/०७५ लेखा परीक्षण सम्बन्धि बैठकमा मंगलबार सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

राजनीतिले देशलाई बाटो देखाउनु भएकोले राजनीतिक व्यक्तित्वहरुले यस विषयमा गम्भीर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

कार्यलयहरुमा बेरुजु बढ्नु मुलुकको सशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीले बताए । “के कारणले बेरुजु भएको हो ?” प्रधानमन्त्री ओलीले भने, “जानाजान बेरुजु गर्नु भनेको भ्रटाचार हो त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनिनिकायले उन्मुक्ति नपाउने बताएका छन् । बढ्दो बेरुजुले अन्तराष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाति होइन” प्रधानमन्त्री ओलीले भने, “तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यही बिराम लगाउनु पर्दछ ।”

बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले आव २०७४/०७५ मा ४८ अर्ब रुपैंया बेरुजु देखिएको जानकारी दिए । बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल र मन्त्रालयका सचिवहरुको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार