भट्टराइलाई नगर पत्रकारीता पुरस्कार

इलाम  : इलाामका कृृयाशिल  पत्रकार तोया नाथ भट्टराईलाई मंगलबार सुर्याेदय नगरपालिकाले नगर पत्रिका पुरस्कार प्रदान गरेको छ ।

एक बर्ष भरी उत्कृष्ट पत्रकारीता गर्ने एक जना पत्रकारलाई प्रदान गर्ने पुरस्कार यस पटक भट्टराईलाई प्रदान गरेको हो ।
दुई दशक देखि पत्रकारीतामा कृयाशिल भट्टराई अन्नपुर्ण पोष्ट, एपिवान टेलिभिजन, अन्नपुर्ण अनलाईन र रेडियो अन्नपुर्णमा इलामबाट समाचार लेख्ने गर्दछन् ।
भट्टराई इलामको मोफसलका विभिन्न सञ्चार माध्यमाका अलावा कारोवार दैनिक हुँदै अन्नपुर्ण पोष्टमा रहेर जिल्लाका सामाजिक, आर्थिक गतिविधिलाई प्राथामीकताका साथ समाचार लेखदै आएका छन् । उनलाई नगरको चालु आर्थीक बर्षको नीति, बजेट तथा कार्यक्रम सावजनिकीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेश प्रसाद वरालले पुरस्कार प्रदान गरेका हुन् ।
कार्यक्रममा विभिन्न २३ जनालाई पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा गायक गणेश सहित नगरपालिकाको वडा कार्यालय, स्वास्थ भवन लगायतलाई जग्गा प्रदानगर्ने दाताहरुलाई मेयर रन वहादुर राईले सम्मान गरेका थिए ।
सो अवसरमा मेयर राईले पशुपतिनगरमा १२ करोडको लागतमा वसपार्क निर्माण गर्ने, ल्याण्डफिल्ड निर्माणको काम शुरु गर्ने, सहकारी मार्फत चिया कारखाना खोल्ने सहकारीको व्याज वापतको रकम नगरपालिकाले व्यहोर्ने लगायतका कार्यक्रम सार्वजनीक गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार