मेची राजमार्गका एक युवा मृत भेटिए

नयाँ बुलन्द

इलाम : मेची राजमार्ग अन्तरगत इलामको सुर्योदय नगरपालिका–१२ फिक्कल–तिनघरे सडक खण्डमा आईतबार विहान एक युवा मृत भेटिएका छन् ।

मृतक सुर्योदय नगपालिका ११ जहरसिंह गाँउका २० वर्षीय सन्दिप राई रहेको प्रहरीले जनाएको छ । मृतकको दाहिने खुट्टा, अनुहार, टाउँको र ढाडमा चोट लागेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक ओलीले बताए ।

राईलाई राती कुनै सवारी साधनले ठक्कर दिएको हुनसक्ने इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हेमराज ओलीले जानकारी दिए । २ दिन अघि बहिनी पु¥याउन झापा हिडेका राई शनिबार मात्र फर्किएका थिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार