गलत उद्देश्यबाट निर्देशित पैसा भित्रन दिइदैन : प्रधानमन्त्री ओली

नयाँ बुलन्द

काठमाडौं : प्रधानमन्त्री खड्गप्रसाद ओलीले देशमागलत उद्देश्यबाट निर्देशित पैसा देशमा भित्रन नदिइने बताएका छन् ।

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र )का इन्जिनियरहरुको एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गलत माध्यमद्वारा नेपाल भित्रने पैसा रोक्नुपर्ने प्रधानमन्त्रीको धारणा रहेको बताए । “गलत उद्देश्यका साथ गलत च्यानलबाट डलर, युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन” प्रधानमन्त्री ओलीले भने । “नेपाल भित्रने पैसा बैंक मार्फत र उद्देश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ ।”

प्रधानमन्त्री ओलीले विकासका काममा ढिलाइ गर्न नहुने र गुणस्तरीयतालाई पनि ख््याल गर्नुपर्ने बताए । देश अहिले विकासको महाअभियानमा भएकोले यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए । सरकारलाई जनताले देश अघि बढाउने अधिकार सहितको अभिभारा सुम्पिएकोले त्यसबाट दाँयाबाँया नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।

देश विकासका लागि जनतामा आत्मविश्वास बढाउनुपर्ने प्रधानमन्त्री ओलीले बताए । “अब जनतामा आत्मविश्वास बढाएर देश निर्माण गरिन्छ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले दुई संगठनको एकिकरणपछि गठन भएको प्रोग्रेसिभ इन्जिनियरीङ एसोसिएसन नेपाललाई बधाइ समेत दिए । एकतावद्ध संगठनले देशको विकासको नक्सांकन पनि थप मजवुद ढंगले गर्ने प्रधानमन्त्री ओलीले विस्वास व्यक्त गरे ।

संगनठले मुक्तिबहादुर श्रेष्ठ संयोजक र हरीराम पराजुली महासचिव रहेको ९५ सदस्यीय कार्यसमिती गठन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार