राउण्डपको अत्याधिक प्रयोग

गोबिन्द पौडेल रोङ : बिषादी प्रयोगको कारण मानब स्वास्थ्य र वातावरणमा असर परेको भनेर बिज्ञहरुले चिन्ता गरिरहेको अवस्थामा किसानहरुले बिषादीका अत्याधिक प्रयोग गरिरहेका छन ।

चेतनाको अभाव छिटो र सजिलोको लागि किसानहरुले अहिले जाहीताही झार मार्न राउण्डअपको प्रयोग गर्ने गरेका हुन् ।
पर्याप्त कामदारको अभावको कारण पनि झारमार्न बिषादी नै प्रयोग गर्नुपरेको रोङ ५ का एक जना किसानले बताए । बर्खामा अम्लिसो बारी सिक्कलले फाड्नुको सट्टा राउण्डअप नामक बिषादी प्रयोग गरेर झार मार्ने गरेको र यसकै प्रयोग गरि खेतको आली ताछ्नु छाडेका पाइएको छ । रोङ ५ को कतिपय स्थानहरुमात अहिले पनि पाखा भित्ता नै उजाड देखिने गरेको छ ।

सामान्यतय काम नलाग्ने ठानिएको झार मार्न मात्र प्रयोग गरेको यो बिषादील सबै बनस्पति मर्ने र जीवजन्तु र वातावरणमानै नकरात्मक असर पन र भूक्षयको पनि प्रवल संभावना हुने बिगत १५ बर्ष देखि अग्र्यानिक पद्धतीमा चिया खेती गर्दै आएका रोङ ३ कोल्बुङका किसान तथा चिया प्राबिधिक माधब निरौला अग्र्यानिक पद्दतीमा खेती गरेर बताउनु हुन्छ । अत्याधिक रासायनिक पदार्थको प्रयोग बाट मानिसहरुमा सन्तान उत्पादन गर्न सक्ने क्षमतामा ¥हास हुने, गर्भ तुहिने जस्ता लक्षण देखिने रोङ स्वास्थ्य साखाका प्रमुख नरेन्द्रकुमार देबले बताएछन् ।

यस्तै बिषदीको प्रयोगका कारण अहिले देशमानै सर्ने रोगहरुभन्दा नसर्ने रोग बढीरहेको अवस्थामा स्थानिय सरकारले बिकल्प सहित कानुन निमार्ण गरेर कार्यन्वयन गराउनु पर्नेमा जानकारहरुले चिन्ता गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार