चौरी महोत्सवमा साढे १० लाखको कारोबार

पाँचथर– उच्च पहाडी क्षेत्रमा पर्ने जिल्लाको उत्तरी फालेलुङ गाँउपालिका–४ मा पर्ने चारराते भन्ने ठाँउमा बैशाख–१ र २ गतेसम्पन्न भएको दोश्रो चौरी महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ।  ४ सय ३१ रुपैँया बराबरको नाफा भएको मुल आयोजक समितिले सर्वाजनिक गरेको प्रतिवेदनमा उल्लेख रहेको छ।

१० लाख ७५ हजार ४ सय ५५ रुपैँया आम्दानी भएको जानकारी दिइएको छ। महोत्सव सम्पन्न गर्दा १४ लाख ३३ हजार ८ सय ६४ रुपैँया खर्च भएको जानकारी दिइएको छ। ३ लाख ५८ हजार ४ सय ९ रुपैँया घाटा देखिएपनि ३ लाख ५८ हजार ८ सय ४० रुपैँया बराबरको जिन्सी समाग्री सुरक्षित रहेकाले यतिको नाफा देखिएको मुल आयोजक समितिका अध्यक्ष डिल्लिा आन्जुम केरुङले जानकारी दिए।

लेकमा पानीले चौरीको प्रवर्द्धन गर्दै जैविक विविधताको संरक्षण, क्रसवोर्डर टुरजिमको विकास गर्ने भन्दै चौरी महोत्सव आयोजना भएको थियो। फालेलुङ गाँउपालिका र वडाहरुमार्फत ५ लाख ७२ हजार २ सय, इसिमेडबाट २ लाख ५० हजार, जिल्ला वन कार्यालयबाट ७१ हजार र अन्य विभिन्न क्षेत्रबाट सहयोग जुटाईएको बताइएको छ। महोत्सव व्यवस्थापन, कलाकार, अतिथि लगायतको क्षेत्रमा खर्च भएको जानकारी दिइएको छ। चेतनामुलक, मनोरञ्जनात्मक, शिक्षामुलक र प्रवद्र्धन गर्ने गरी महोत्सव सम्पन्न भएको केरुङले जानकारी दिए। विभिन्न प्रजातिका चौरी प्रदर्शन, अवलोकन भ्रमण, स्टल, सास्कृतिक कार्यक्रम गरी महोत्सव सम्पन्न भएको थियो।

महोत्सवले गोठ सस्कृतिको प्रवर्द्धन, नेपाल भारत सिमा क्षेत्रको समस्या उजागर, जैविक विविधिताको सरक्षणमा दबाव सिर्जना गर्न सकिएको आयोजक समितिका उपाध्यक्ष शिल्प राईले बताए। बजेटको अभाव, जोखिमयुक्त भुगोल, सडक लगायतको असुविधाका विच महोत्सव सम्पन्न भएको आयोजकले जानकारी दिइएको थियो। लेकमा गोठ स्टेमा बस्ने व्यस्था मिलाईएको थियो।nagariknews.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार