अलैचीको टिपाइ शुरु ः मुल्य एस.एम एस गरेर मुल्य थाहा पाइने

गोबिन्द पौडेल 

रोङ : यस बर्षको अलैची टिपाइको काम शरु भएसगै बजारको मुल्य बारेमा घरैबाट थाहा पाइने गरेको छ ।

उच्च मुल्य रहेरपनि बजार मुल्य थाहा नपाउदा ब्यपारी र बिचौलिया बाट ठगिएको गुनासो गर्ने गरेका किसानहरुले अलैचीको बजार मुल्य एस एम एस बाटनै थाहा पाउने भएका छन् ।

अलैचीको मुल्य र गुणस्तको बारेमा त्रियाशिल रहेको नेपाल अलैची ब्यवसायी महासंघले अलैचीको प्रचलित मुल्य थाहा पाउने ब्यवस्ता गरेको भएपनि किसानहरुले जानकारीनै पाउन नसकेको कारण अन्योल रहेको अवस्थामा मोबाइलको म्यासेज बक्समा गएर षब बअज दतm लेखेर घद्धण्ण्ज्ञ मा एस एम एस गरे अलैचीको मुख्य कारोबार हुने झपाको बिर्तामोडमा प्रचलित बजार मुल्यको बारेमा थाहा पाइने र षब बअज लेखेर घद्धण्ण्ज्ञ पठाएमा इलाममा रहेको प्रचलित मुल्य थाहा पाउने गरिएको छ ।

किसानहरुले थाहा पाउन बजारै गएर बुझ्नु पर्ने र बेला बखतमा त आफूहरु निक्कै ठगिएको महसुस हुने भएकोमा आफूहरुलाइ केही राहत मिलेको रोङ ६ रम्भ्याङ्ग का किसान श्याम आचार्यको भनाइ रहेको छ । बजारको ठ्याक्ै मुल्य नहुने महशुस गरेका किसानहरुले अलैची ब्यवसायिले तोकेको मुल्य भन्दा बजार मुल्य केही माथीनै हुने गरेको समेत अनुभव गरेका छन् तथापी अलैची ब्यवसायी महासंघले गरेको मुल्य जानकारीको प्राबधान किसानहरुको हितमा नै रहेको किसानहरुको भनाइ रहेको छ ।

यति खेर इलामको रोङ, इलाम नगरपालिका का तातो हावापानी भएका स्थानहरु इरौटार ,माइबेसी ,सलकपूर लगायतका स्थानहरुका किसानहरु अलैची टिपाइका ब्यस्त रहेका छन् भने आजको बजारमुल ग्रेृड ए को रु तेतिसहजार ,ग्रेड बि को एकतिस हजार र ग्रेड सस् को तीसहजार रहेको अलैची ब्यवसायि महासंले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार