विधानका कारण नेकपाभित्र तरंग, नेपाल असन्तुष्ट, गौतमको खण्डन

काठमाडौं, १० साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विधान र नियमावली प्रकाशनलगत्तै नेताहरूले असन्तुष्टि जनाएका छन् ।केन्द्रीय सचिवालयमा प्रस्तुत सुझाब, छलफल र सहमतिविपरीत विधानमा केही व्यवस्था हटाइएको र केही थपिएकोमा वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सचिवालय सदस्य वामदेव गौतमले भने विधानबाट ७० वर्षको उमेर हद हटाउन आफ्नो कुनै भूमिका नरहेको स्पष्टीकरणसहितको खण्डन सार्वजनिक गरेका छन् ।धारा ४४ (ख) मा प्रस्तावित केन्द्रदेखि जिल्ला तहसम्मका पदाधिकारी एउटा पदमा दुई कार्यकालभन्दा बढी नरहने भन्ने व्यवस्था हटाएर विधान प्रकाशन गरिएकोमा वरिष्ठ नेता माधव नेपाल असन्तुष्ट छन् ।

७ साउनमा नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा नेपालले विधानको उक्त व्यवस्था हटाइएकोमा असन्तुष्टि जनाएका हुन् ।

नेकपाका सचिवालय सदस्य वामदेव गौतमले पार्टीको विधानबाट ७० वर्षको उमेर हद हटाउने काममा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।बुधबार वक्तव्य नै प्रकाशित गरेर गौतमका तर्फबाट पत्रकार विश्वमणि सुवेदीले भनेका छन्, ‘विधान तयार पार्ने क्रममा मस्यौदा कमिटी, पुनरावलोकन गर्ने कार्यदल बनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार