व्यवसायिक बनाउन किसानलाई तालिम

गोबिन्द पौडेल

रोङ : रोङ गाउँपालकिा वडा नम्बर ६ रम्भ्याङका किसानहरुलाई बुधबार एक दिने तरकारी खेती र पशुपालन संबन्धी तालिम दिइएको छ ।

रोङ ६ को तरकारी रपशुपालनको पकेट क्षेत्र मानिने रम्भ्याङका किसानहरुले गर्दै आएको तरकारी खेती र पशुपालनमा रहेको समस्या सथै यहाँको संभावनाको बारेमा वडाका कृषि प्राविधिक मोहन अधिकारी र पशु प्राविधिक बेदनिधि दहालले सहजीकरण गरेका थिए ।

धनसरी कृषि सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा ४० जना किसानहरुको सहभागिता रहेको थियो ।

यसै वर्षदेखी किसानहरुले उत्पादन गदै आएको सहकारीले नै तरकारी र फलफूलकरुको बजारीकरण गरि रहेकोले किसानले बजार मुल्य उचित पाएको अवस्थामा सहकारीको महत्वका बारेमा श्याम आचार्यले प्रष्ट पारेका थिए । त्यस्तै सहकारीले कसरी मुल्य निर्धार गरेको छ भन्ने बारेमा लेखा संयोजक गंगा चाम्लिङले प्रष्ट पारेका थिए ।

कार्यक्रम धनसरी सहकारीका अध्यक्ष इन्द्र प्रधानको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार