‘सुर्योदय देशकै नमुना नगरपालिका बन्‍नेछ’ : नगरप्रमुख राई (भिडियो सहित)

रणबहादुर राई सुर्योदय नगरपालिकाका प्रमुख हुन् । १४ असार २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार प्रेम चाम्लिङलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका हुन् । नगर प्रमुखमा निर्वाचित भएपछि राई आफ्नो नगरलाई देशकै एक नमुना नगर बनाउने उद्घोषका साथ विभिन्न अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढिरहेका छन् । प्रस्तुत छ, प्रमुख राईसँग नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङ र डेक्स सम्पादक प्रकाश नेपालले गरेको कुराकानीको सम्पादित अंश

भर्खरै तेस्रो नगरसभा सम्पन्न गर्नुभयो । कस्ता नीति तथा कार्यक्रमलाई प्राथमिकता दिनुभएको छ ?

हामीले यसवर्ष आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेका छौं । खासगरी पूर्वाधार विकास अन्तरगत सडकलाई विशेष प्राथमिकतामा राखेका छांै । केही दीर्घकालीन र धेरैजसो अल्पकालीन योजनाहरुहरुलाई प्राथमिकतामा राखेर अगाडि बढेका छौं । त्यसपछि कृषि विकास, पर्यटन विकास, शैक्षिक क्षेत्रको सुधार, स्वास्थ्य सेवा तथा सुविधाको व्यवस्था, विद्युतीकरण, खानेपानी तथा सरसफाई जस्ता विषयलाई पनि क्रमशः प्राथमिकतामा राखेका छौं ।

सुर्योदय नगरपालिकामा १४ वडाहरु छन् । त्यहा धेरै सडकहरु छन् । यसवर्ष ‘एक वडा, एक अलवेदर रोड’ बनाउँदेछौं । कृषिमा प्रशस्त बजेट विनियोजन गरेका छौं । शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौं । ४ वर्षभित्र यहाँका सबै काठका पोल विस्थापित गरी फलामे पोल राख्ने तयारीमा छौं । जेष्ठ नागरिक, युवा, महिला, आदिवासी जनजाति, दलित, अल्पसंख्यक, लोपोन्मुख लगायतलाई विशेष जोड दिई नीति तथा कार्यक्रम बनाएका छौं ।

सुर्योदय नगरपालिकालाई समृद्ध बनाउन के कस्ता दीर्घकालीन र अल्पकालीन योजना बनाउनुभएको छ ?

समग्रमा भन्दा यसवर्ष हामीले पूर्वाधारलाई विशेष जोडएका छौं । त्यसमा पनि दीर्घकालीन र अल्पकालीन गरेर दुई भागमा विभाजन गरेका छौं । फिक्कल बजारमा बाक्लो शहरीकरणका कारण राजमार्ग साँघुरिदैं गएको छ । तसर्थ विकल्पको बाटोका निम्ति यसवर्षदेखि शहर विकास कन्त्रालयसँग साझेदार गरी काम अगाडि बढाउँदैछौं । त्यसैगरी सुर्योदय नगरपालिकालाई पर्यटकीय नगर बनाउनका निम्ति छब्बिसेदेखि छिरुवा पक्की सडक बनाउनका निम्त बजेट विनियोजन गरिएको छ । त्यो पनि शहरी विकास मन्त्रालयसँग साझेदारीका सञ्चालन गर्दैछौं । अर्को दीर्घकालीन योजनामा पशुपतिनगर बसपार्कलाई राखेका छौं । त्यसको तत्काल टेण्डर आह्वान हुँदैछ । त्यसैगरी सेनेटरी ल्याण्ड फिल्ड साइड झन् नगरपालिकलाका लागि अतिआवश्यक हो । त्यसका लागि पनि बजेट विनयिोजन गरेका छौं । अर्को तीनघरेदेखि लक्ष्मीपुरसम्म वडा नम्बर १३ र १४ जोड्ने सडक छ। त्यसलाई पनि दीर्घकालीन योजनाको सूचिमा राखेर अगाडि बढेका छौं । मुख्यगरी यी ५ वटा ठूला खालका आयोजनाहरु यसैवर्षदेखि सञ्चालन हुँदैछन् भने अल्पकालीन योजना अन्तगत ससाना योजनाहरु त सयौं सञ्चालन भईरहेका छन् ।

सुर्योदय नगरबासी अधिकाशं कृषिमा आत्मनिर्भर छन् । कृषि र पशुका क्षेत्रमा केकस्ता योजना बनाउनुभयो ?

कृषि र पशुका क्षेत्रमा पर्याप्त मात्रामा बजेट विनियोजन गरिएको छ । पशुका क्षेत्रमा गोठ सुधार कार्यक्रमदेखि नश्ल सुधारसम्मका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । कृषकहरुका निम्ति माटोको परिक्षण गरेर कुन माटोमा कुन प्रकारका बाली लगाउँदा राम्रो हुन्छ ? चियालाई कसरी गुणस्तरीय बनाई विश्वमा पुर्याउन सकिन्छ ? त्यसको अध्ययन, अनुसन्धान गर्न, प्राविधिक उत्पादन गर्न र त्योसँग टेस्टिङ गर्नका निम्ति हामीले बजेट निर्माण गरेका छौं ।

तपाईको नगरपालिकालाई धार्मिक र पर्यटनसँग कसरी जोड्नुभएको छ ?

सुर्योदय नगरपालिका पर्यटकीय नगरपालिका हो । १ नम्बर प्रदेशको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट भाषणमा ४६ नगरपालिकामध्ये सुर्योदय नगरपालिका एक्लो नगरपालिका, जसलाई पर्यटकीय नगरी भनेर घोषणा गरिएको छ । हामी भाग्यमानी नगरपालिका भित्र परेका छौं । नगरलाई एक पर्यटकीय क्षेत्र बनाउन एकीकृत गुरुयोजना निर्माण गरी अगाडि बढ्दैछौं ।

पर्यटकीय नगरी बनाउनका लागि पर्यटकीय क्षेत्रहरुको पहिचान गरी विभिन्न कार्यक्रम तर्जुमा गरेका छौं । यहाँ १ नम्बर वडामा चित्रे भन्ने ठाउँ छ । जुन निकै पुरानो गुम्बा हो । तर यहाँबाट धेरै टाढा भएका हुनाले धेरै मान्छेहरु पहुँचमा थिएनन् । त्यसलाई चिनाउने र धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न हामी लागिपरेका छौं । यस नगरभित्र धेरै मठमन्दिरहरु छन् । त्यसलाई चिनाउने धेरै कार्यक्रमहरु ल्याएका छौं । त्यसैगरी आदिवासी जनजातिहरुले मान्ने विभिन्न मन्दिरहरु छन् । त्यसलाई संरक्षणका लागि कार्यक्रम बनाएका छौं ।

विश्वकै अतिलोपोन्मुख लेप्चाहरुको धार्मिक स्थान, ऐतिहासिक बसोबासका क्षेत्र, उनीहरुका राजारानी बस्ने ठाउँ भनेर चिनिने धेरै ऐतिहासिक धार्मिक क्षेत्रहरु छन् । तिनीहरुको संरक्षण मात्र होईन, धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिपरेका छौं ।

यहाँको कन्याम नेपालकै पर्यटकीय क्षेत्रहरुमध्ये एक हो । जहाँ स्वदेश तथा विदेशका गरी वर्सेनि हज्जारौं पर्यटकहरु आउने गर्दछन् । यसलाई अझ बढी पर्यटनको आर्कषणको रुपमा विकास गर्न कुनै योजना बनाउनुभएको छ ?

हामी जब निर्वाचित भएर आयौं । यस क्षेत्रलाई अझ बढी पर्यटकहरुको आर्कषणको केन्द्र बनाउनका लागि बाटोघाटो फराकिलो बनाउनुपर्छ भन्ने सोच्यौ । जस अन्तरगत कन्याम र आसपासका बाटोको चौडा बढाउनुपर्छ भनेर १५/१५ मिटरे बाटोको अवधारणा अगाडि बढायौं । अघिल्लो वर्ष हामीले १५/१५ मिटरको सीमा कोर्ने कामसम्म गर्न सक्यौं । केही ठाउँमा त १५/१५ मिटर सडक बनाई पनि सकेका छौं । १५/१५ मिटर भत्काउने र सीमा निर्धारण गर्ने काम चाँही सकेका छौं । तर अब केही दिनपछि त्यसलाई पूरा गर्न काम सुरु गर्नेछौं । त्यसका लागि बजेट विनियोजन गरेका छौं । साथै कन्याम क्षेत्रमा मानिसहरु पैदल हिँड्ने ट्रयाक बनाउने, चौतारा बनाउने, सार्वजनिक शौचालय बनाउने तथा कन्यामलाई थप व्यवस्थित गर्ने तथा अझ सुन्दर बनाउने कामका लागि गुरुयोजना बनिसकेको छ । त्यसैको मातहतमा रहेकर काम अगाडि बढाउनेछौं ।

लैंगिक समानता तथा सामाजिक समावेशीकरण अन्तरगत लक्षित वर्गका लागि केकस्ता नीति तथा कार्यक्रम बनाउनुभयो ?

लक्षित वर्गलाई शिक्षित बनाउने र समाजमा व्याप्त असमानता अन्त्य गर्ने तथा उनीहरुलाई सामाजिक मूलप्रवाहीकरणमा ल्याउन विभिन्न कार्यक्रम ल्याएका छौं । जस्तै, आर्थिक अवस्थाका कारण कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षा हासिल गर्न नसकेका यहाँका महिला, दलित, आदिवासी जनजाति, अपाङ्ग तथा उत्पीडितहरुलाई लक्षित गरी कम्तीमा २५ जनालाई उच्च शिक्षा (स्नातक तह) अध्ययनका लागि नगरपालिकाकाले छात्रवृत्तिको कार्यक्रम ल्याएको छ । त्यसका लागि बजेटको व्यवस्था गरिएको छ । यो कार्यक्रमका लागि नजिकै करफोक बहुमुखी क्याम्पस छनौट गरिएको छ । यो वर्ष २५ जना, अर्को वर्ष २५ थपेर ५० जना हुँदै ४ वर्षमा १०० जनालाई छात्रर्वत्तिको व्यवस्था गरिनेछ ।

त्यसैगरी लक्षित समूहको सशक्तिकारणका अन्य कार्यक्रमका लागि समेत बजेट विनियोजन गरिएको छ । यहाँ लक्षित समूहका थुप्रै संस्थाहरु छन् । उहाँहरुसँग नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नुअसघ नै छलफल गरेर उहाँहरुको आवश्यकता, माग र सुझावलाई समेटेर नीति तथा कार्यक्रम र बजेट बनाएको हुनाले सबैलाई समेटेका छौं ।

सञ्चार क्षेत्रको प्रवर्द्धनका कस्तो नीति बनाउनुभएको छ ?

सञ्चार राज्यको चौथो आँखा हो । तसर्थ हामीले गरेको कार्यक्रमलाई देशव्यापी बनाउने र सरकारको काम जनतासम्म पुर्याउने तथा जनताको पहुँच सरकारसम्म ल्याउने, हाम्रो पहुँच प्रदेश र संघीय सरकारसम्म पुर्याउने माध्यम भएको हुनाले हामीले सञ्चार क्षेत्रसँग मिलेर जाने नीति लिएका छौं । सञ्चार क्षेल प्रवद्र्धनका लागि बजेटको समेत व्यवस्था गरेका छौं ।

तपाई नगर प्रमुखमा निर्वाचित भएर आएको एक वर्ष पूरा भयो । यो अवधिमा के के उपलब्धि हासिल गर्नुभयो ?

एक वर्षमा हामीले विकासको प्लेटफर्म अथवा ट्रयाक बनाउने काम गरेका छौं । हामी जनप्रतिनिधि भएर आउँदा यहाँ कार्यालयहरु थिएनन् । १४ वटा वडा त थिए तर कार्यालय थिएनन् । त्यसलाई स्थापित गर्ने काम गर्यौं । त्यसपछि कर्मचारीको व्यवस्थापन केही हदसम्म गरियो । हामी समृद्ध सुर्योदय नगरपालिका र भ्रष्टाचारमा शुन्य शहनशीलताका कुरा हामी गर्दथ्यौं । त्यसैका मुख्य आधार भनेको विद्युतीय सरकार मार्फत अगाडि बढ्नुपर्छ भनेर १४ वटै वडामा इन्टरनेटको पहँच पुर्यायौं । कामकाज कम्प्युटराइजट प्रविधिमा सुरु गरेका छौं । विद्युतीकरण त्यति भरपर्दौ थिएन । सबै कार्यालयमा ब्याकअप सहित सोलार सिस्टम जडान गरी चौविसै घण्टा इन्टरनेट र कम्प्युटर सञ्चालन हुन सक्ने व्यवस्थापन गर्यौं ।

त्यसैगरी हामीलाई संविधान ले नै कानुन बनाउने अधिकार दिएको छ । हामी कानुन बनाउनतिर लाग्यौं । विभिन्न ऐन, विनियम, कार्यविधि, नियमावली गरी अहिलेसम्म ११ वटा ऐन तथा विभिन्न कार्यविधिहरु समते ४७ वटा कानुन बनाईसकेका छौं ।

त्यसैगरी हामीलाई संविधान ले नै कानुन बनाउने अधिकार दिएको छ । हामी कानुन बनाउनतिर लाग्यौं । विभिन्न ऐन, विनियम, कार्यविधि, नियमावली गरी अहिलेसम्म ११ वटा ऐन तथा विभिन्न कार्यविधिहरु समते ४७ वटा कानुन बनाईसकेका छौं ।

अर्को हामीले नेपालमै पहिलो पटक बायोमेट्रिक हाजिरीको सुरुवात गर्यौ । गतवर्ष ४ वटा सामुदायिक विद्यालयमा परिक्षणका रुपमा सुरु गरेका थियो । यो साल २६ वटा विद्यालयमा सुरु हुँदैछ । त्यसका लागि शैक्षिक सुधार भनेर बजेट विनियोजन गरिएको छ । गतवर्षको अनुभवले हामीलाई निकै हौसला दिएको छ । यो प्रणाली लाागू भएपछि शिक्षकहरुको नियमितता, पढाइमा नियमतितमा भएपछि विद्यार्थी संख्यामा वृद्धि, खेताला शिक्षकको अन्त्य भएको छ । समग्रमा शैक्षिक स्थितीमा नै सुधार भएको पाईएको छ ।

त्यसैगरी यो सुर्योदय नगरपालिका चियाको पनि राजधानी हो । ६० प्रतिशत किसान चियामा संलग्न छन् । त्यसैले चियामा सुधार गर्नुपर्ने थियो । चिया किसानले सही चियाको मुल्य पाउनु पर्दथ्यो । रातारात चियाको मूल्यमा गिरावट आउने गर्दथ्यो । अघिल्लो दिन ८० रुपैया पै्रतिकिलो चिया बिक्री भएको चियो भोलिपल्ट २०/२५ रुपैयाँ मा झर्दथ्यो । त्यहाँ पनि एउटा सिन्टिकेट थियो । त्यसलाई तोड्ने काम गरेका छौं । हरियो चियापत्तीको न्युनतम मुल्य निर्धारण गरेका छौं । गुणस्तरीय चियकाको मुल्य निर्धारण भएपछि किसानले उत्पादन गर्ने चियाको गुणस्तरमा समेत वृद्धि भयो । गुणस्तरीय भएपछि मुल्य पनि बढि नै पाउने भयो । यसले समग्र चिया किसानलाई उत्साहित बनाएको छ ।

त्यस्तै नगरपालिकाको पाश्र्वचित्र निर्माणको काम अन्तिम चरणमा पुर्याएका छौं । २५६ वटा प्रश्नसहित घुरधुरी सर्वेक्षण गरेर नगर प्रोफाइल बन्दैछ । नगर प्रोफाइन बनिसेपछि थप हामीलाई आगामी नीति तथा कार्यक्रम बनाउन र बजेटिङ गर्नमा सहजता आउनेछ ।

त्यसैगरी भर्खरै मात्र निषेधित विषादीमुक्त नगर घोषणा गरिएको छ । यसौं जनता सडकमा उत्रिएर साथ दिनुभयो । सार्वजनिक सपथ ग्रहण गर्नुभयो । अबदेखि कहीं पनि निषेधित विषादी प्रयोग गरिनेछैन ।

यो एक वर्षे अवधिका काम गर्दा चुनौती पनि देखियो होला ? केकस्तो चुनौती झेल्नुभयो ?

मैले कुनैपनि काम गर्नुअगाडि साथीहरुसँग छलफल गरेर, विज्ञहरुसँग छलफल गरेर, त्यसको इतिहास हेरेर, त्यरालाई अध्ययन गरेर मात्र काम गर्ने हुनाले त्यस्तो धेरै ठूलो चुनौती खेप्नु परेन । एउटा चाँही कन्याममा सडक विस्तारको चुनौती थियो । त्यो पनि हल भयो । अदालतबाट नै दायाँबायाँ १५ मिटर भन्दा नबढ्ने गरी काम गर्नु भन्ने आदेश जारी भएपछि त्यहाँ पनि सफल भईयो ।

यो अवधिमा चुनावमा गरेका प्रतिवद्धताहरु चाँही कति पूरा गर्नुभयो ?

हामी निर्वाचित भईसेकपछि ‘गुनासो चौतारी’ नामको कार्यक्रम लिएर मतदातामाझ पुग्यौं । हामी जहाँजहाँ भोट माग्न गएका थियौं, त्यहाँ त्यहाँ गुनासो सुन्दै गयौं । जनताको माग के थियो, अहिलेसम्म केके पुरा भए र के बाँकी छ भनेर जनताबीचमा छलफल गर्यौं । उहाँहरु खुसी हुनुहुन्थ्यो । हाम्रो यति हल भयो, यति बाँकी छ कार्यकालभरी पूरा गर्नुहोला भन्नुयो ।

यसरी हेर्दा र उहाँहरुको कुरा सुन्दा धेरै आधारभूत आवश्यकता पूरा गरिएछ । जस्तै, विद्युतका समस्या समाधान गरका छौं । खानेपानीका धेरै समस्या समाधान गरेका छौं । त्यसैगरी दैनिक जनजीविकासँग सम्बन्धित समस्याहरु हल गरिसकेका छौं । अब केही दीर्घकालीन खालका योजनाहरु सञ्चालनका क्रममा छौं । मेरो कार्यकालभरीमा मैले जनजाएका सबै प्रतिवद्धताहरु पूरा गर्नेछु ।

यसरी हेर्दा र उहाँहरुको कुरा सुन्दा धेरै आधारभूत आवश्यकता पूरा गरिएछ । जस्तै, विद्युतका समस्या समाधान गरका छौं । खानेपानीका धेरै समस्या समाधान गरेका छौं । त्यसैगरी दैनिक जनजीविकासँग सम्बन्धित समस्याहरु हल गरिसकेका छौं । अब केही दीर्घकालीन खालका योजनाहरु सञ्चालनका क्रममा छौं । मेरो कार्यकालभरीमा मैले जनजाएका सबै प्रतिवद्धताहरु पूरा गर्नेछु ।

जनप्रतिनिधि र कर्मचारी स्थानीय सरकारका दुई महत्वपूण खम्बा हुन् । ती दुवै पक्षबीच कस्तो सम्बन्ध रह्यो त ?

सुर्योदय नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध एकदम राम्रो रह्यो । र अहिलेपनि राम्रो छ । हामी एक ढिक्का भएर काम अगाडि बढाईरहेका छौं । कर्मचारीबाट सहयोग एकदम राम्रो छ ।

प्रतिपक्षी दलहरुसँगको समन्वय र सहयोग कस्तो छ ?

प्रतिपक्षीसँग कुरा गरिन्छ थोरै । आवश्यकता पर्दा कुरा गर्ने हो, नत्र मेरो चाँही धेरै कुरा हुँदैनन् । उहाँहरुले पनि सहयोग नै गरिरहनुभएको छ । बजेटिङ अगाडि डेलिकेशनमा आउनुभएको थियो । उहाँहरुले तपाईलाइै साथ दिन्छौ राम्ररी काम गर्नुहोला भन्नुभयो । मैले उहाँहरुलाई धन्यवाद दिए ।

तपाईहरुले राजनैतिक पूर्वाग्रह गरेर मात्र काम गर्नुहुन्छ भन्ने गुनासो छ नी ?

खोइ थाहा छैन । त्यस्तो मलाई भन्नुहुन्न । मसँग ४ जना वडाअध्यक्षहरु भिन्न दलबाट निर्वाचित हुनुहुन्छ । उहाँहरुले सञ्चारमाध्यमबाटै भनिसक्नुभएको छ की हामीलाई यो पार्टी वा उ पार्टी भनेर थाहा पनि हुँदैन । सबैलाई समान व्यवहार छ । मेरो काम गराईमा कसैलाई तलमाथि पार्ने बानी छैन । सबै कुरा समानताका आधारमा गर्दछु । त्यसैले कसैले कुनै गुनासो राख्नुभएको छैन ।

न्यायिक समितिको अवस्था कस्तो छ ?

न्यायिक समिति क्रियाशील छ । कानुनअनुसार हाम्रो उपप्रमुखको संयोजकत्वमा न्यायिक समति गठन भएको छ । तर त्यसका लागि आवश्यक कर्मचारी तथा सामग्रीको व्यवस्थापन भने हुन बाँकी नै छ । व्यवस्थापन गर्न सकिरहेका छैनौं । त्यसकारण मेलमिलाप मार्फत विवादहरु समाधान भईरहेका छन् । अब नयाँ भवन निर्माण भईसकेपछि कानुन सम्बन्धी कर्मचारीको व्यवस्थापन गरिनेछ । जसरी अदालतमा जुन प्रक्रिया छन्, त्यस्तै प्रक्रियामार्फत जानुपर्ने भएका हुनाले व्यवस्थित नभएसम्म मेलमिलापको माध्यमबाट समस्याहरु समाधान भईरहेको छ । पछि व्यवस्थित गरिसेपछि चाँही स्थानीय अदालतकै माध्यमबाट विवादहरु निरुपण हुनेछन् ।

तपाईको नगरपालिकामा विपन्न तथा घरबार विहीन मानिसहरु पनि छन् । उनीहरुलाई व्यवस्थापनका लागि कस्ता नीति बनाउनुभएको छ ?

फुस्कोको छानो भएका घर र प्लास्टिकका छानो भएका घर भएका मानिसहलाई नगरपालिकाले जस्तापातासहितको घर बनाईदिनेछ । यही वर्षभित्र त्यस्ता घरहरु पूर्ण रुपमा विस्थापित भई नयाँ जस्तापाताको छानो भएको घर नगरपालिकाले नै निर्माण गरिदिनेछ ।

अब बाँकी ४ वर्षमा सुर्योदय नगरपालिकालाई समृद्ध बनाउने तपाइले गर्ने के कस्ता योजना छन् ?

पर्यटन विकास मार्फत हामी धेरै कुरा गर्छाैं । हामीले एकीकृत गुरुयोजना निर्माण गर्दैछौं । जब एकीकृत गुरुयोजना बनिसक्छ, एकीकृत गुरुयोजना बनिसकेपछि हामी त्यो एकीकृत गुरुयोजनामा जेजे कायक्रम आउँछ, त्यसमा मात्र बजेटिङ गछौं । बाहिर गर्दैनौ । कसैलाई, कुनै एक व्यक्ति वा पार्टीलाई खुसी पार्नका निम्ति हामी बजेट विनियोजन गर्दनौं ।

हाम्रो एकीकृत गुरुयोजनाले जे मार्गनिर्देश गर्छ त्यसअनुसार जान्छौ । यसरी गर्न सकेको खण्डमा सुर्योदय नगरपालिका देशकै एक नमुना नगरपालिका बन्छ । सम्भावना नै सम्भावना भएको नगरपालिका हो, सुर्योदय । सुर्योदय नगरपालिका नेपालको नमुना नगरपालिका बनाउनुपर्छ भनेर लागेका छौं । त्यसका लागि सबैभन्दा पहिले आधारभूत आवश्यकताहरु पूर्ति गर्ने, सुशासन प्रवद्र्धनमा जोड दिने, शिक्षा र सवस्थ्यमा ध्यान दिने र जनताले स्थानीय सरकार मार्फत पाएका अधिकारहरु वास्तविक रुपमा जनतामा पुर्याउन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै सुुसुचित गर्ने योजनामा छौं ।

तपाईको कार्यकालमा सुर्योदय नगरपालिका कस्तो बन्ने सपना देख्नुभएको छ ?

सुर्योदय नगरपालिकाले विकासको चरण पूरा गरको हुनेछ । जनताको सबै आधारभूत आवश्यकताहरु पूरा हुनेछन् । जनताको मुहार हँसिलोपन भएको नगर बन्नेछ । सुर्योदय नगरबासीले गर्वका साथ मु सुर्योदय नगरपालिकाको नागरिक हुँ भन्ने महसुस हुनेछ । सुर्योदय नगरपालिका नेपालकै एक नमुना नगरपालिका बन्नेछ । त्यो ठाउँमा पर्याउनेछु । त्यसका लागि सिङ्गो टिम लागिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार