केसीको समर्थनमा सामूहिक अनशन !

काठमाडौँ : चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनशनरत डा गोविन्द केसीका समर्थकले आइतबारदेखि वसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन् ।

दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा. केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताउनुभयो । डा. केसी समर्थकले गरेको दबाबमूलक प्रदर्शनीमा केसीको जीवनरक्षाका निम्ति आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिइएको हो ।

प्रदर्शनीमा राजनीतिक दलका नेता, विभिन्न पेसाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा. केसीको जीवनरक्षा गर्न माग गरेका हुन् ।नेपाल समाचारपत्रमा खबर छ ।

यसैबीचनेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले शनिबार त्रिवि शिक्षण अस्पताल पुगी डा. गोविन्द केसीलाई भेट्नुभएको छ । विगतका अनशनमा जस्तै यसपटकको भेटका क्रममा उहाँले डा.केसीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार