सलकपुरमा खानेपानीको समस्या

गोबिन्द पौडेल

रोङ : सुन्दा नै अचम्म लाग्ला साउनको दिनमानै खानेपानीको समस्या भनेर तर यथार्थमा यतिखेर रोङ ६ सलकपुका नागरिकहरुले खानेपानीको चरम समस्या भोग्नु परेको छ ।

टोलमा कुनै पानीको मुहान नभएको सलकपुरमा सुयोदय नगरपालिकाको मजुवा खोलाबाट करिव सात किलोमिटर दुरीमा लगिएको खानेपानीको पाइप निमार्णधिन सिद्धि हाइड्रोको पहुचमार्ग निमार्ण गर्दा रम्भ्याङको सरस्वती माबि आसपासमा करिव तीस मिटर जति पाइप क्षदबिच्छेद भएको कारण खानेपानी आपूर्ति बन्द भएकोले साबिक जिर्मले एकका नागरिकहरुलाइ खानेपानीको चरम अभाव भएको सलकपुरका सुर्दशन भण्डारीले बताए ।

करिव दश दिन जति पानीमा अवरोध भइसकेको र बिगत तीनचार दिनदेखी आकासे पानी पनि नपरेको कारण सलकपूर बासीलाइ समस्या भएको अर्का स्थानिय याम अधिकारीको गुनासो रहेको छ । सानो तिनो समस्या रहदा समिति आफैले मर्मत गर्ने भएपनि पानीको पाइप नै नभएपछि समितिको बैठक बसेर हाइडो निमार्णकतासग कुरा गर्नुपर्ने खानेपानी तथा सरसफाइ समितिसलकपुरमका अध्यक्ष दल बहादुर मोक्तानले बताए । यसैगरि गाउमा पानीको सकमस्या भएको आफुले सुनेपछि यसबारेमा तत्कालै बसेर छलफल गरिने वडाध्यक्ष सुवास तामाङ वताउछन् ।

यस अघि पनि सोही हाइडोको पहुच मार्ग निमार्णको क्रममा रम्भ्याङका सन्त कुमार राइको घर जोखिममा परेपछि अहिले हाइडोकै लगानीमा निमार्ण गरिरहेको छ । यसरी एउटा कार्यको बिकास गरिदा अन्य पूर्वाधारहरुको बिनास हुने भएकोमा यस्ता कार्यहरुमा हाइडोले सरोकारवलाहरुसग समन्वय गरेर अगाडी बढ्नुमा हालसम्म त्यस्तो कुनै प्रयास सम्म नगरिएको स्थानिय बासीहरुको गुनासो गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार