देउमाईखोपका मछेन्द्र राई मृत भेटिए

नयाँ बुलन्द

इलाम : इलामको देउमाई नगरपालिका वडा नम्बर १ देउरालीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय देउमाई खोपका अन्दाजी ४४/४५ वर्षीय मछेन्द्र राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मेची राजमार्गबाट २० मिटर नजिक खोल्सामा घोप्टो परी मृत अवस्थामा फेला परेका मछेन्द्रको शव पोष्टमार्टमका लागि इलाम अस्पतालमा ल्याईएको छ ।

घटनाका सम्बन्धमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार