डा.केसी हेलिकोप्टरमा आउन नमानेपछि प्रहरीद्वारा बल प्रयोग

काठमाडौं । जुम्लामा २० दिनदेखि अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठाए पनि उनी आउन नमानेपछि सरकारले बल प्रयोग गरेको छ ।

डाक्टर केसीले आफ्ना माग पूरा नभएसम्म काठमाडौं नआउने बताएपछि सरकारले बल प्रयोग गरेको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र डाक्टरहरुले अस्पतालको गेटमा तालाबन्दी गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

अपहरणको शैलीमा डा. केसीलाई काठमाडौं लैजान खोजिएको भन्दै विरोधमा उत्रेकाहरुमाथि प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरी हस्तक्षेपबाट प्रतिष्ठानका एक दर्जन चिकित्सक घाइते भएका छन् ।

विरोधका कारण डाक्टर केसीलाई काठमाडौं ल्याउन गएको टोली अस्पताल प्रवेश गर्न सकेको थिएन ।

स्थानीय जनताले पनि डाक्टर केसीको पक्षमा अस्पताल बाहिर विरोध प्रदर्शन गरिरहेका छन् ।

जुम्ला पुगेको नेपाली सेनाको हेलिकोप्टर भने खलंगास्थित भगवती दल गणमा अवतरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार