पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु, पाहुना लाग्न जानु अभिशाप बन्याे सरुकाे

गोरखा : गोरखामा पहिरोले घर बगाउँदा तीनजनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका ६ मा पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो ।

नवराज कुँवरको घर बुधबार बिहान पहिरोले बगाउँदा नवराजकी १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र उनका नौ महिने छोराको मृत्यु भएको हो । नौ महिने छोरासहित सरु पाहुना बस्न आएकी थिइन् । पाहुना लाग्न आउँदा उनको ईहलिाल नै सकियो ।

यसअघि पर्वतमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । केही घरहरु बाढीले बगाउँदा स्थानीयहरुको बिचल्ली भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार