प्लास्टिका झाेला प्रयाेग गर्नेलाइ जरिवाना

अर्जुन गर्तैला 

सूर्याेदय : सूर्याेदय नगरपालिकामा प्लास्टिकका झाेला प्रयाेग गर्नेलाइ रू ५०० देखी ५००० सम्म जरिवाना लिइन थालिएकाे छ।

प्लास्टिक मुक्त सूर्याेदय अभियानमा खटिएकाे विजय वराल सहित ३ जनाकाे टाेलिले पशुपतिनगर देखि माशु पसल, किराना पसल लगायतका पसलमा खाेजि गर्दा धेरै पशलमा प्लास्टिकका झाेला प्रयाेग गरेकाे पाइएकाे अनुसन्धानमा खटिएका गाेपाल श्रेण्ठले बताए ।

यस भन्दा अघिनै सूर्याेदय नगरपालिकामा प्लास्टिकका झाेला प्रयाेग गर्नमा निषेध गरिसके पनि धेरैले साे अाज्ञापालन नगरेकाे पाइएकाे छ। अनुसन्धानमा धेरै माशु पसल र किराना पसलमा प्लस्टिका झाेला प्रयाेग गरिएकाे पाइएकाे र प्लस्टिक भटिएका पसललाइ प्लस्टिक झाेला बरामत गरि जरिवाना लिइएकाे छ।

सूर्याेदय नगरपालिका वडा न. ९ बरबाेटेमा रहेकाे किराना पसल रवि स्टाेरमा ४२ के.जि. प्लस्टिका झाेला लुकाएर राखेकाे उक्त टाेलिले बरामत गरी एक पटकलाइ रू ३००० जरिवाना लिइ छाेडेकाे र पसल मालिकले अाफ्नाे गल्ति स्विकारेकाे टाेलीका श्रेष्ठले वताए अनुसन्धानमा धेरै माशु पसल र किराना पसलमा प्लस्टिका झाेला प्रयाेग गरिएकाे पाइएकाे र प्लस्टिक भटिएका पसललाइ प्लस्टिक झाेला बरामत गरि जरिवाना लिइएकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार